Techie IT
२०८० असोज १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलमहिला टी–२० सिरिज उपाधिका लागि नेपाल र हङकङ भिड्दै

महिला टी–२० सिरिज उपाधिका लागि नेपाल र हङकङ भिड्दै


काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधिका लागि आज शनिबार नेपालले हङकङको सामना गर्दैछ ।

नेपाल र हङकङबीचको फाइनल खेल मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान पौने १२ बाट सुरु हुनेछ ।

समूह चरणका खेल सकिँदा नेपाल, हङकङ र मलेसियाको समान चार÷चार अङ्क भए पनि नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन् । तीनै टोली समूह चरणका दुई दुई खेलमा विजयी भएका थिए ।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो । यस्तै मलेसिया पहिलो खेलमा हङकङसित १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको थियो ।

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–ट्वान्टी सिरिजमा भाग लिएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले यो सिरिज खेलेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसियाडको क्वाटरफाइनलमा नेपालको भिडन्त भारतसँग हुने

काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड)को क्वाटरफाइलमा नेपालको भिडन्त भारतसँग हुने भएको छ । लक्की ड्र बाट

विश्वकपमा पाकिस्तानका शाहिन अफ्रिदीको नजर यस्तो रेकर्डमा

एजेन्सी । पाकिस्तानका तिब्र गतिका बलर शाहिन अफ्रिदी आगामी एकदिवसीय विश्वकप २०२३ मा आफ्नो फड्को मार्न आतुर छन् । आफ्नो

एकदिवसीय विश्वकपः कुन टोलीको उमेर कति छ ?

एजेन्सी । एकदिवसीय विश्वकप अक्टोबर ५ बाट भारतमा सुरु हुँदैछ । अहिले प्रतियोगितामा सहभागी सबै १० टोलीले अभ्यास खेल खेलिरहेका

माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल एसियाडको क्वाटरफाइनलमा

काठमाडौँ । नेपालले चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा स्थान बनाएको छ । समूह चरणको दोस्रो खेलमा

विलियम्सनले विश्वकपको उद्घाटन खेल नखेल्ने

एजेन्सी । न्यूजिल्याण्डका कप्तान केन विलियम्सन पूर्णरुपमा फिट नभएकाले एकदिवसीय विश्वकप २०२३ को पहिलो खेल खेल्ने छैनन् । साविक उपविजेता

लाइप्जिगसँग हारबाट जोगियो बायर्न

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले बराबरी खेलेको छ । गएराति भएको खेलमा बायर्नले आरबी लाइप्जिगसँग २–२

Techie IT