Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलपाकिस्तानविरुद्ध रोमाञ्चक जित निकाल्दै श्रीलंका एसिया कपको फाइनलमा

पाकिस्तानविरुद्ध रोमाञ्चक जित निकाल्दै श्रीलंका एसिया कपको फाइनलमा


एजेन्सी । साविक विजेता श्रीलंका एसिया कप–२०२३ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको रोमाञ्चक सुपर–४ खेलमा श्रीलंकाले पाकिस्तानलाई २ विकेटले पराजित गरेको हो ।

श्रीलंकालाई अन्तिम २ बलमा ६ रन आवश्यक थियो । अर्को बलमा चारिथ असालान्काले चौका र अन्तिम बलमा २ रन लिएर टोलीलाई रोमाञ्चक जित दिलाए । श्रीलंका ११ औं पटक एकदिवसीय एसिया कपको फाइनलमा पुगेको छ ।

उपाधिका लागि सेप्टेम्बर १७ मा कोलम्बोमा श्रीलंकाले भारतको सामना गर्नेछ ।

कोलम्बोको आर प्रेमदासा रंगशालामा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो । डीएलएस पद्धति अन्तर्गत श्रीलंकाले २५२ रनको लक्ष्य मात्र पाएको थियो । श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाएर जित निकालेको हो ।

श्रीलंकालाई अन्तिम १२ बलमा १२ रन आवश्यक थियो । शाहिन अफ्रिदी बलिङ गर्न आएका थिए । श्रीलंकाको स्कोर ५ विकेटमा २४० रन थियो । पहिलो २ बलमा ३ रन बन्यो । तेस्रो बल डट थियो । चौथो बलमा धनन्जय डि सिल्भाले लङ अनमा क्याच लिए । दुनिथा भेलालागे पनि पाँचौं बलमा क्याच आउट भए । अन्तिम बलमा एक रन बन्यो ।

अब अन्तिम ६ बलमा ८ रन आवश्यक थियो । जमान खानको अपोजिटमा प्रमोद मदुशन र चरित असलंका थिए । लेग बाईको पहिलो बलमा एक रन बन्यो । अर्को बल डट भयो र तेस्रो बलमा एक रन आयो ।

मदुशन चौथो बलमा रनआउट भए । २ बलमा ६ रन आवश्यक रह्यो । जमानले अफ स्टम्पबाहिर बल फ्याँके असलंकाले ब्याटलाई छिटो स्विङ गरे र बल थर्ड म्यानतर्फ ४ रनको दिशामा गयो ।

अन्तिम बलमा २ रन आवश्यक थियो । जमानले मिडल स्टम्पमा फुलर लेन्थ स्लोर बल प्रहार गरे । असलंकाले यसलाई स्क्वायर लेगतर्फ फर्काएर २ रन लिएर आफ्नो टोलीलाई रोमाञ्चक खेलमा जित दिलाए । असलंकाले ४९ रन बनाएपछि नटआउट रहँदै टोलीलाई लगातार दोस्रो पटक एसिया कपको फाइनलमा पुर्याए ।

पहिले ब्याटिङमा आएको पाकिस्तानी टोलीको सुरुवात औसत रह्यो । टोलीले ९ ओभर पावरप्लेमा एक विकेट गुमाएर ३६ रन बनाएको थियो । फखर जमान ४ रन बनाएर आउट भए । उनलाई प्रमोद मदुशनले बोल्ड गरेका थिए ।

९ रनमा पहिलो विकेट गुमाएपछि कप्तान बाबर आजम र अब्दुल्लाह शफिकले अर्धशतकीय साझेदारी गर्दै पाकिस्तानी इनिङ्सलाई अग्रता दिलाएका थिए । दुवैले दोस्रो विकेटका लागि ७० बलमा ६४ रनको साझेदारी गरे । यो साझेदारीलाई दुनिथ भेलालागेले बाबरलाई स्टम्प गरेर तोडेका थिए ।

१३० रनको स्कोरमा पाँचौं विकेट गुमाएपछि कोलम्बोमा वर्षा आयो र खेल रोकिनु परेको थियो । जब खेल फेरि सुरु भयो, मोहम्मद रिजवान र इफ्तिखार अहमदले इनिङ्सको नेतृत्व गरे । सेट भएपछि दुवैले ठूला प्रहार गर्न थाले । रिजवानले करियरको १२औं अर्धशतक ४८ बलमा पूरा गरे । उनले इफ्तिखारसँग शतकीय साझेदारी पनि गरे । दुवैले ७८ बलमा १०८ रनको साझेदारी गरे । यो साझेदारीले पाकिस्तानको स्कोर २०० भन्दा माथि पुर्याए ।

रिजवान र इफ्तिखारले १०८ रनको साझेदारी गरे । यी दुवैले एकदिवसीय एसिया कपमा पाकिस्तानका लागि छैटौं विकेटका लागि सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान बनाए । दुवैले फवाद आलम र सोहेल तनवीरको कीर्तिमान तोडेका छन् । जसले सन् २००८ मा हङकङविरुद्ध छैटौं विकेटका लागि १०० रनको साझेदारी गरेका थिए ।

पाकिस्तानले ४२ ओभरमा ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २५२ रन बनाएको थियो तर डीएलएस मेथडको हिसाबले श्रीलंकालाई २५२ रनको मात्र लक्ष्य दिइएको थियो । पाकिस्तानले २७.४ ओभरमा १३० रनमा ५ विकेट गुमाएको थियो। त्यतिबेला खेल ४५–४५ ओभरको थियो, त्यसपछि पानी पर्यो । खेल फेरि सुरु हुँदा ४२ ओभरमा सिमित भयो । जसका कारण श्रीलंकाले २ सय ५२ रनको संशोधित लक्ष्य पनि पाएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…

काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)

आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्

काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ

नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफल

काठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार राति

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

Techie IT