Techie IT
२०८२ भदौ २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलभारतविरुद्ध श्रीलंकाले पहिले ब्याटिङ गर्ने

भारतविरुद्ध श्रीलंकाले पहिले ब्याटिङ गर्ने


काठमाडौँ। एसिया कप क्रिकेटको फाइनलमा श्रीलंकाले भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। आर प्रेमदासा स्टेडियममा हुने खेलमा श्रीलंकाले पहिला ब्याटिङ गर्ने भएको हो।

दुबै टिमले समान एक–एक परिवर्तन गरेका छन्। श्रीलंकाका कप्तान दसुन शनाकाले चोट बोकेका महीश तीक्षणाको स्थानमा दुशन हेमन्थालाई टिममा ल्याउँदा भारतीय कप्तान रोहित शर्माले चोटका कारण बाहिर भएका अक्षर पटेलको स्थानमा वाशिङ्गटन सुन्दरलाई टिममा मौका दिएका छन्।

यहाँ भारतले आफ्नो ५ वर्षको उपाधि खडेरी अन्त्य गर्ने मौका पाउनेछ भने डिफेन्डिङ च्याम्पियन श्रीलंकाले उपाधि रक्षा गर्न चाहन्छ। दुवै टोली आठौं पटक एसिया कपको एकदिवसीय ढाँचाको फाइनलमा भिड्दैछन्।

यसअघि खेलिएका ७ फाइनलमध्ये भारतले ४ फाइनल जितेको थियो भने ३ वटामा श्रीलंकाले सफलता हात पारेको थियो।

हेड टु हेडः
भारत र श्रीलंकाबीच समग्रमा १६६ ओडीआई खेल भएका छन्। भारतले ९७ खेल जितेको छ भने श्रीलंकाले ५७ खेल जितेको छ। ११ खेलको नतिजा आएको छैन भने एक खेल बराबरी भएको छ।

शुभमन गिल प्रतियोगितामा भारतका सर्वाधिक रन स्कोरर

भारतीय टिमका अलराउन्डर अक्षर पटेल घाइते भएका छन्। उनको स्थानमा वासिङ्टन सुन्दरलाई फाइनलका लागि कोलम्बो बोलाइएको छ। तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले यसबारे अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन।

ओपनर शुभमन गिल एसिया कप २०२३ मा भारतका लागि सर्वाधिक रन स्कोरर बनेका छन्। जबकि कुलदीप यादव सर्वाधिक विकेट लिने बलर हुन्। गिलले ५ खेलमा २७५ रन बनाएका छन्। यस्तै, यादवले ४ खेलमा ९ विकेट लिएका छन्।

श्रीलंकाका लागि समरविक्रमाको नाममा सबैभन्दा धेरै रन
श्रीलंकाका स्पिनर महिश तीक्षाणा चोटका कारण फाइनलबाट बाहिरिएका छन्। श्रीलंका क्रिकेट बोर्डले तीक्षाणाको चोटबारे अपडेट जारी गर्दै फाइनल खेल्न नसक्ने बताएको छ।

एसिया कप २०२३ मा श्रीलंकाका लागि सर्वाधिक रन बनाउने खेलाडी सदिरा समरविक्रमाको नाममा छ । यस्तै, मथिश पथिरानाले सर्वाधिक विकेट लिएका छन्। समरविक्रमाले ५ खेलमा २१५ रन बनाएका छन् भने पथिरानाले ५ खेलमा ११ विकेट लिएका छन्।

आइतबार कोलम्बोमा पानी पर्ने सम्भावना ९० प्रतिशत छ। तापमान २४ देखि ३१ डिग्री सेल्सियस सम्म हुन सक्छ। यदि आज वर्षाका कारण खेल रद्ध भएमा भोलिका लागि रजर्भ डे राखिएको छ।

कोलम्बोको आर प्रेमदासा स्टेडियमको पिच सामान्यतया स्पिनरहरूलाई सहयोगी भएको छ, ब्याट्सम्यानहरूले पनि राम्रो समर्थन पाएका छन्। अर्कोतर्फ, फास्ट बलरहरूलाई यो मैदानमा कठिन छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप

काठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं

Techie IT