Techie IT
२०८० असोज १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलएसिया कप फाइनलः श्रीलंकाले भारतलाई दियो ५१ रनको लक्ष्य

एसिया कप फाइनलः श्रीलंकाले भारतलाई दियो ५१ रनको लक्ष्य


एजेन्सी । एसिया कपको फाइनल खेल जारी छ । कोलम्बोस्थित आर प्रेमदासा मैदानमा जारी खेलमा श्रीलंकाले भारतसामु ५१ रनको झिनो लक्ष्य दिएको छ । यो भारतविरुद्धको कुनै पनि टोलीको सबैभन्दा कम स्कोर हो ।

टस जितेर ब्याटिङ थालेको श्रीलंका १५.२ ओभरमै ५० रनमा अलआउट भयो । उसका लागि कुसल मेन्डिसले ३४ बलमा १७ रन र दुशन हेमन्थले १५ बलमा १३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

कुसल परेरा, सदिरा समराविक्रमा, चरिथ असलान्का, दाशुन शनाका र मथिशा पथिराना शून्य रनमै आउट भए ।

बलिङतर्फ भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट लिए । यस्तै, हार्दिक पाण्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एकदिवसीय विश्वकपः कुन टोलीको उमेर कति छ ?

एजेन्सी । एकदिवसीय विश्वकप अक्टोबर ५ बाट भारतमा सुरु हुँदैछ । अहिले प्रतियोगितामा सहभागी सबै १० टोलीले अभ्यास खेल खेलिरहेका

माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल एसियाडको क्वाटरफाइनलमा

काठमाडौँ । नेपालले चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा स्थान बनाएको छ । समूह चरणको दोस्रो खेलमा

विलियम्सनले विश्वकपको उद्घाटन खेल नखेल्ने

एजेन्सी । न्यूजिल्याण्डका कप्तान केन विलियम्सन पूर्णरुपमा फिट नभएकाले एकदिवसीय विश्वकप २०२३ को पहिलो खेल खेल्ने छैनन् । साविक उपविजेता

लाइप्जिगसँग हारबाट जोगियो बायर्न

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले बराबरी खेलेको छ । गएराति भएको खेलमा बायर्नले आरबी लाइप्जिगसँग २–२

नेपालद्वारा माल्दिभ्ससमक्ष २१३ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको जारी खेलमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । टस जितेर

कुशलकी आमा भन्छिन्– ‘साग केलाउँदै छोराको खेल हेरेँ, देशको नाम…

लुम्बिनी । चीनको हान्झाउ सहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौँमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा

Techie IT