Techie IT
२०८० जेठ १९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलआईपीएलमा आज मुम्बई र बैंगलोर भिड्दै

आईपीएलमा आज मुम्बई र बैंगलोर भिड्दै


एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लिग चरणको ५४ औं खेल मुम्बई इन्डियन्स (एमआई) र रोयल्स च्यालेन्जर्स बैंगलोर (आरसीबी)बीच हुँदैछ । खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

बैंगलोरको टोलीले यस मैदानमा मुम्बईसँग लगातार तीन खेलमा हार बेहोरेको छ । यस्तो अवस्थामा उसले यो खेलमा हारको क्रम तोड्ने प्रयास गर्नेछ । यस मैदानमा उसको अन्तिम जित सन् २०१५ मा भएको थियो । दुई टोलीबीच वानखेडेमा अहिलेसम्म जम्मा ८ खेल भइसकेका छन् । जसमध्ये मुम्बईले ५ जित हात पारेको छ । यस्तै, बैंगलोरले तीन खेल मात्रै जित्न सकेको छ ।

मुम्बईले यो सिजन अहिलेसम्म खेलेका १० खेलमध्ये ५ मा जित र ५ मा हार बेहोरेको छ । टोलीको १० अंक छ । बैंगलोरविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा क्यामरन ग्रीन, ट्रिस्टन स्टब्स, टिम डेभिड र जोफ्रा आर्चर हुन सक्छन् । यी बाहेक सूर्यकुमार यादव, इशान किशन र पियुष चावलाजस्ता खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

बैंगलोरले यो सिजन अहिलेसम्म खेलेका १० खेलमध्ये ५ जित र ५ हारेको छ । टोलीको १० अंक छ । फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, भानिन्दु हसरंगा र जोस हेजलवुड मुम्बईविरुद्धको टोलीका ४ विदेशी खेलाडी हुन सक्छन् । यी बाहेक विराट कोहली, मोहम्मद सिराज र महिपाल लोमरजस्ता खेलाडी उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

मुम्बई इन्डियन्सले पाँच पटक उपाधि जितेको छ । जबकि बैंगलोरले अहिलेसम्म सफलता पाउन सकेको छैन । समग्रमा हेड टु हेडको कुरा गर्दा दुवै टोली ३१ पटक आमनेसामने भएका छन् । जसमा मुम्बईले १७ पटक जितेको छ भने बैंगलोरले १४ पटक जितेको छ ।

आज मुम्बईको मौसम राम्रो रहनेछ । मुम्बईको तापक्रम २९ देखि ३४ डिग्री सेल्सियसको बीचमा रहनेछ । वानखेडे पिचमा बल सधैं बाउन्स हुन्छ । जसले प्रारम्भिक ओभरमा फास्ट बलरहरूलाई मद्दत गर्छ । पावरप्लेको अन्तिम ओभरमा ब्याटिङ सजिलो हुन्छ । यद्यपि स्पिन बलरहरूले पनि बाउन्सको फाइदा लिन्छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग श्रृङ्खला–२’ २० जेठदेखि

काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडको ’महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२३, श्रृङखला–२’ २० जेठदेखि सुरु हुने भएको छ। २९ औं वार्षिकोत्सवको अवसर

मेसीले पिएसजी छाड्ने

एजेन्सी । फ्रान्सेली फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फरवार्ड लियोनल मेसीले क्लब छाड्ने पक्का भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले एक विज्ञप्ति निकालेर

‘ए’ डिभिजन फुटबल लिगमा आज तीन खेल हुँदै

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिगमा आज तीन खेल हुँदै छन्। आजका दुई खेलहरु दशरथ रंगशाला र एक खेल

सेभियाले जित्यो युरोपा लिगको उपाधि

एजेन्सी । इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले जित्न सफल भएको छ ।

ह्यारी केनलाई अनुबन्ध गर्ने तयारीमा म्यानचेस्टर युनाइटेड !

एजेन्सी । यस सिजनको प्रिमियर लिग सकिएसँगै क्लबहरु नयाँ सिजनका लागि तयारीमा जुटेका छन् । नयाँ खेलाडीहरु अनुबन्ध गर्ने दौडमा

Techie IT