Techie IT
२०८१ जेठ १, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलसन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ ।

आज सुनुवाइको पेसी तारिख तोकिएको थियो । तर, न्यायाधीश अभावका कारण मुद्दा पेसीमा चढ्न सकेन ।

न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन् । सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएको बताइएको छ ।

उक्त मुद्दाको पेसी अब कहिले तोकिन्छ भन्ने टुंगो लाग्न सकेको छैन । यसैबीच, नेपाली राष्ट्रिय क्रिकेट टोली चीनको हाङ्जाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन त्यसतर्फ प्रस्थान गर्दैछ । सन्दीप भने आज टोलीसँग चीन नजाने भएका छन् ।

नेपालले यही असोज १० गते आफ्नो पहिलो खेल मङ्गोलियासँग खेल्ने छ । त्यस्तै नेपालले समूह चरणको दोस्रो खेल असोज १४ गते माल्दिभ्ससँग खेल्नेछ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रिन्स दाहालले ओलम्पिक खेल्ने

काठमाडौँ । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिकका लागि छनौट भएका छन् । प्रिन्सले आसन्न ओलम्पिकमा नेपालको तर्फबाट मेन्स

पूर्वगोलकिपर मल्लले माल्दिभ्समा एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स गर्ने

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर विकास मल्लले एसियाली फुटबल महासंघ (एएफसी)को कार्यक्रमानुसार माल्दिभ्समा एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स

विश्वकप खेल्ने नेपाली क्रिकेट टिम अमेरिका पुग्यो

काठमाडौँ । आइसीसी टि२० विश्वकप २०२४ खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

Techie IT