Techie IT
२०८२ भदौ २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलविश्वकप क्रिकेट खेल्न पाकिस्तानी क्रिकेट टोली हैदरावादमा

विश्वकप क्रिकेट खेल्न पाकिस्तानी क्रिकेट टोली हैदरावादमा


एजेन्सी । विश्वकप क्रिकेट खेल्न पाकिस्तानी क्रिकेट टोली भारतको हैदरावाद पुगेको छ । पाकिस्तानी टिम भारतमा आगामी १५ दिन बस्ने छ ।

एकदिवसीय विश्वकप अक्टोबर ५ बाट सुरु हुने छ भने पाकिस्तानले आफ्नो पहिलो अभ्यास खेल सेप्टेम्बर २९ मा खेल्ने छ ।

बुधबार साँझ कप्तान बाबर आजमको नेतृत्वमा पाकिस्तानी टोली हैदरावाद विमानस्थलमा अवतरण गरेको थियो, जहाँ उनीहरुलाई स्वागत गरिएको थियो।

यस अवधिमा विमानस्थलमा निकै कडा सुरक्षा व्यवस्था गरिएको थियो ।

क्रिकेट खेल्न पाकिस्तानी टोली सात वर्षपछि भारत आएको हो ।

यसअघि पाकिस्तानको टोली २०१६ को टी–२० विश्वकपका लागि भारत आएको थियो ।

पाकिस्तानी खेलाडीलाई भारतीय शैलीमा स्वागत गरिएको थियो, जसमा खेलाडीहरुलाई भगवा रंगको शाल लगाएर स्वागत गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप

काठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं

Techie IT