Techie IT
२०८१ वैशाख १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेल१९औँ एसियाली खेलकुदः नेपालको पब्जी टोली दोस्रो चरणमा

१९औँ एसियाली खेलकुदः नेपालको पब्जी टोली दोस्रो चरणमा


हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको छ ।

हाङझाउ स्पोर्टस् सेन्टरमा बिहीबार भएको समूह ‘सी’ को पहिलो चरणमा नेपाल दोस्रो स्थान हासिल गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।

नेपाल सम्मिलित समूह सी मा मङ्गोलिया, दक्षिण कोरिया र भियतनाम रहेका छन् । दक्षिण कोरिया उक्त समूको शीर्ष स्थामा तथा नेपाल दोस्रो स्थानमा रह्यो । पब्जी स्पर्धामा नेपालको ५२ मिनेट २० दशमलव २८ सेकेन्ड तथा दक्षिण कोरियाको ४७ मिनेट २८ दशमलव ४६ सेकेन्डको समय रहेको थियो। योसँगै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पब्जीमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपालले दोस्रो चरणमा शुक्रबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो चरणबाट उत्कृष्ट आठ टोली तेस्रो चरणमा प्रवेश गर्ने छन् ।

यसअघि समूह ‘ए’ बाट हङकङ, समूह ‘बी’ बाट चाइनिज ताइपेई तथा समूह ‘डी’बाट इन्डोनेसिया दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लुम्बिनीले जित्यो राष्ट्रिय टी–२० क्रिकेटको उपाधि

काठमाडौँ । वीर गणेशमान सिंह राष्ट्रिय टी– २० क्रिकेटको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । सोमबार भएको फाइनल खेलमा लुम्बिनीले

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १० रनले पराजित गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे १६१ रनकाे लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य…

काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

Techie IT