Techie IT
२०८१ वैशाख २२, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलबिमल पनि विदेश पलायन

बिमल पनि विदेश पलायन


काठमाडौँ । राष्ट्रिय फुटबल टिमका स्टार फुटबलर बिमल घर्तिमगर विदेश पलायन भएका छन् ।

सुरक्षित भविष्यको खोजीमा बिमल अष्ट्रेलिया लागेका हुन् । केही समयअघि विवाह बन्धनमा बाँधिएका बिमलले अन्ततः अष्ट्रेलिया रोजेका हुन् । बिमलको विदेश पलायनले खेल क्षेत्रलाई स्तब्ध बनाएको छ ।

उमेर समूह हुँदै राष्ट्रिय टिमसम्म आईपुगेका बिमल पछिल्लो पुस्ताको नेपाली फुटबलका उत्कृष्ट फरवार्ड हुन् । उनकै नेतृत्वमा नेपालले यू–१९ साफ च्याम्पियनसिप जितेको थियो ।

उनले नेपालका लागि यू–१९ साफ च्याम्पियनसिप सहित साग गेम्स, बंगबन्धु कप, एएफसी सोलिडारिटी सहित विभिन्न उपाधि जितेका छन् ।

विमलले १४ वर्षको उमेरमा नै सिनियर टिममा डेब्यू गरेका थिए भने १५ वर्षमा पहिलो गोल गरेका थिए । राष्ट्रिय टीमबाट अहिलेसम्म उनले ९ गोल गरेका छन् ।

पछिल्लो समय नेपाली फुटबल क्षेत्रमा विदेशीने क्रम ह्वात्तै बढेको छ । सुरक्षित भविष्यको खोजीमा अधिककांश फुटबलर विशेष गरेर अष्ट्रेलियालाई नयाँ गन्तब्य बनाएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

Techie IT