Techie IT
२०८२ वैशाख १८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलएसियाली खेलकुद अन्तर्गत पब्जीमा नेपाल सेमिफाइनलमै रोकियो

एसियाली खेलकुद अन्तर्गत पब्जीमा नेपाल सेमिफाइनलमै रोकियो


काठमाडौँ । नेपालको पब्जी टोली १९औँ एसियाली खेलकुद अन्तर्गत पिस एलिटको सेमिफाइनल चरणमा रोकिएको छ । नेपाली समयानुसार आज बिहान भएको सेमिफाइनलमा नेपाल तेस्रो स्थानमा रहेपछि फाइनल पुग्न सकेन ।

यद्यपि, नेपालले समूहमा जापानलाई पछि पार्यो । यो समूहबाट दक्षिण कोरिया र चाइनिज ताइपेई शीर्ष दुईमा रहेर फाइनलमा पुगेका छन् ।

नेपालले ५४ मिनेट ३३ सेकेन्ड समयमा ४ राउण्ड सकेको थियो । जापानले ५४ मिनेट ४२ सेकेन्ड समय लगायो । कोरियाले ५० मिनेट ३७ सेकेन्ड तथा ताइपेईले ५२ मिनेट १९ सेकेन्ड लगाएको थियो ।

चार–चार टिममध्ये समूहका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल चरणमा चार टिमबीच प्रतिस्पर्धा हुनेछ । जसमा शीर्ष तीन टिमलाई मेडल प्रदान गरिनेछ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT