Techie IT
२०८० जेठ १९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलराजस्थान र बैंगलोर भिड्दै

राजस्थान र बैंगलोर भिड्दै


एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज आइतबार लिग चरणका दुई खेलहरु हुँदैछन् । दिउँसो ३ः४५ बजे राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्दैछन् । यस्तै, साँझ ७ः४५ बजे चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् ।

राजस्थान र बैंगलोर जारी सिजनमा दोस्रोपटक भिड्न लागेका हुन् । यसअघि अप्रिल २३ मा बैंगलोरको एम चिन्नाश्वामी मैदानमा भएको खेलमा बैंगलोर ७ रनले विजयी भएको थियो ।

राजस्थान र बैंगलोरबीच जयपुरमा अहिलेसम्म ७ खेल भइसकेका छन् । जसमध्ये चार खेल राजस्थानले र तीन खेल बैंगलोरले जितेको छ । राजस्थानविरुद्ध बैंगलोरले यस मैदानमा विगत १० वर्षदेखि जित निकाल्न सकेको छैन । उसले अन्तिम पटक सन् २०१३ मा यस मैदानमा राजस्थानलाई हराएको थियो ।

राजस्थानले यो सिजन अहिलेसम्म १२ खेल खेलेको छ । जसमा ६ खेल जित्दा त्यति नै खेलमा हार बेहोरेको छ। टोलीको हाल १२ अंक छ । बैंगलोरविरुद्धको टोलीका ४ विदेशी खेलाडी जोस बटलर, जो रुट, शिमरोन हेटमायर र ट्रेन्ट बोल्ट हुन सक्छन् । यसबाहेक यशस्वी जैसवाल, युजवेन्द्र चहल र सञ्जु सामसनजस्ता खेलाडी उत्कृष्ट लयमा छन् ।

बैंगलोरले यो सिजन अहिलेसम्म खेलेका ११ खेलमध्ये ५ मा जित र ६ खेलमा हार बेहोरेको छ । टोलीको १० अंक छ । राजस्थान विरुद्धको टोलीका चार विदेशी खेलाडी फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, वानिन्दु हसरंगा र जोस हेजलवुड हुन सक्छन् । यी बाहेक विराट कोहली, मोहम्मद सिराज र हर्षल पटेल जस्ता खेलाडीले टोलीलाई बलियो बनाएका छन् ।

हेड टु हेडको कुरा गर्ने हो भने राजस्थान र बैंगलोरबीच हालसम्म २९ वटा खेल भइसकेका छन् । जसमध्ये १४ खेल बैंगलोरले जितेको छ भने १२ खेल राजस्थानले जितेको छ । तीन खेल भने अनिर्णित रह्यो ।

सवाई मानसिंह स्टेडियमको पिच ब्याट्सम्यानहरुले निकै रुचाएका छन् । यहाँ बलरलाई अलि गाह्रो छ । आइतबार जयपुरको मौसम सफा हुने छ । द्रुत हावा चल्न सक्छ । दिउँसोको तापक्रम ३७ डिग्री सेल्सियसको आसपास रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
राजस्थान रोयल्सः सञ्जु सामसन (कप्तान र विकेटकिपर), यशस्वी जैसवाल, जोस बटलर, जो रुट, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, केएम आसिफ सन्दीप शर्मा र युजवेन्द्र चहल ।

रोयल च्यालेन्जर्स बैंगलोरः फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, अनुज रावत, ग्लेन म्याक्सवेल, महिपाल लोमरर, दिनेश कार्तिक (विकेटकिपर), वानिन्दु हसरंगा, हर्षल पटेल, विजयकुमार वैशाख, मोहम्मद सिराज र जोश हेजलवुड ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग श्रृङ्खला–२’ २० जेठदेखि

काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडको ’महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२३, श्रृङखला–२’ २० जेठदेखि सुरु हुने भएको छ। २९ औं वार्षिकोत्सवको अवसर

मेसीले पिएसजी छाड्ने

एजेन्सी । फ्रान्सेली फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फरवार्ड लियोनल मेसीले क्लब छाड्ने पक्का भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले एक विज्ञप्ति निकालेर

‘ए’ डिभिजन फुटबल लिगमा आज तीन खेल हुँदै

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिगमा आज तीन खेल हुँदै छन्। आजका दुई खेलहरु दशरथ रंगशाला र एक खेल

सेभियाले जित्यो युरोपा लिगको उपाधि

एजेन्सी । इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले जित्न सफल भएको छ ।

ह्यारी केनलाई अनुबन्ध गर्ने तयारीमा म्यानचेस्टर युनाइटेड !

एजेन्सी । यस सिजनको प्रिमियर लिग सकिएसँगै क्लबहरु नयाँ सिजनका लागि तयारीमा जुटेका छन् । नयाँ खेलाडीहरु अनुबन्ध गर्ने दौडमा

Techie IT