Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलच्याम्पियन्स लिगः रियलको रोमाञ्चक जित

च्याम्पियन्स लिगः रियलको रोमाञ्चक जित


एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत रियल मड्रिडले रोमाञ्चक जित निकालेको छ । गएराति भएको समूह चरणको खेलमा स्पेनिस क्लब रियलले इटालीयन क्लब नापोलीलाई उसकै घरेलु मैदानमा ३–२ गोलले हराएको हो ।

खेलको १९ औं मिनेटमा लिओ स्क्रि ओस्टीगार्डले गोल गर्दै घरेलु टोली नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२७ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याए । ३४ औं मिनेटमा जुड बेलिङहमले गोल गर्दै रियललाई २–१ गोलले अगाडी बढाए । यता, ५४ औं मिनेटमा पिओटर जिलिन्स्कीले पेनाल्टीमा गोल गर्दै नापोलीलाई २–२ गोलको बराबरीमा ल्याए ।

तर, ७८ औं मिनेटमा डी–बक्स भन्दा बाहिरबाट रियलका भाल्भर्डेको सशक्त प्रहार पोस्टमा लागेर फर्किँदै नापोलीका गोलकिपर एलेक्स मेरेटलाई लागेर गोल हुन पुग्यो र रियल खेलमा विजयी भयो ।

यो नतिजासँगै समूह सी मा लगातार दोस्रो जित निकालेको रियल ६ अंक अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । नापोली २ खेलबाटै ३ अंकका साथ दोस्रो स्थानमा छ ।

यसै समूहमा भएको अर्को खेलमा पोर्चुगीज क्लब एससी ब्रागाले जर्मन क्लब युनियन बर्लिनलाई उसकै मैदानमा ३–२ गोलले पराजित गर्यो । ब्रागा ३ अंकका साथ तेस्रो र अंकविहिन बर्लिन पुछारमा रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुने

काठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

Techie IT