Techie IT
२०८० जेठ २०, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलटि–२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित

टि–२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित


काठमाडौँ । मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई सात विकेटले हराएको हो ।

मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको खेलमा विजयी भएसँगै नेपाल र मलेसियाबीचको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । जितका लागि ९७ रनको लक्ष्य नेपालले १७ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक २९ रन बनाइन । उनले २१ बलमा तीन चौका र एक छक्का प्रहार गरिन् ।

त्यसैगरी कविता कुँवरले ४३ बलमा दुई चौकासहित २६, सीता रानामगरले २२ बलमा दुई चौका र एक छक्कासहित २३ र विन्दु रावलले १८ बलमा दुई चौकासहित १७ रन बनाइन् ।

बलिङतर्फ मलेसियाका लागि ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९६ रन बनाएको थियो । मलेसियाका लागि मास एलिसाले सर्वाधिक २८ रनको योगदान दिइन् । उनले ३४ बलमा दुई चौका प्रहार गरिन् । यस्तै विनीफ्रेदले २०, वान जुलियाले २० तथा ऐना हामिजाह हाशिमले १४ रन बनाइन् ।

बलिङतर्फ नेपालका लागि रुविना क्षेत्री बेलबासेले दुई तथा इन्दु बर्मा र कविता कुँवरले समान एक एक विकेट लिइन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एफए कपः युनाइटेडलाई हराउँदै सिटी च्याम्पियन

लण्डन । एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । भर्खरै सम्पन्न खेलमा सिटीले शहरी प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई २–१ गोलले

एफए कपको उपाधिका लागि दुई म्यान्चेस्टर क्लब प्रतिस्पर्धामा

एजेन्सी । एफए कपको फाइनल आज (शनिबार) हुँदैछ । उपाधिका लागि दुई म्यान्चेस्टर क्लबले प्रतिस्पर्धा गर्दैछन् । प्रिमियर लिग च्याम्पियन

राष्ट्रिय रिङ रेस्लिङ आज

काठमाडौँ । नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज हुने भएको छ । प्रतियोगितामा विभिन्न पाँच

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग श्रृङ्खला–२’ २० जेठदेखि

काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडको ’महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२३, श्रृङखला–२’ २० जेठदेखि सुरु हुने भएको छ। २९ औं वार्षिकोत्सवको अवसर

मेसीले पिएसजी छाड्ने

एजेन्सी । फ्रान्सेली फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फरवार्ड लियोनल मेसीले क्लब छाड्ने पक्का भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले एक विज्ञप्ति निकालेर

Techie IT