Techie IT
२०८० मंसीर २२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलन्युक्यासल र वेस्टहामले अंक बाँडे

न्युक्यासल र वेस्टहामले अंक बाँडे


एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेस्टहाम युनाइटेड र न्युक्यासल युनाइटेडले बराबरी खेलेका छन् ।

गएराति भएको वेस्टहाम युनाइटेडको लण्डन स्टेडियममा दुबै टिमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको आठौं मिनेटमा नै टोमस सोउसेकले गोल गर्दै घरेलु टोली वेस्टहामलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ५७ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै न्युक्याललाई १–१ गोलको बराबरीमा ल्याए । ६२ औं मिनेटमा इसाकले नै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै न्युक्यासललाई २–१ गोलले अघि बढाए ।

यता, ८९ औं मिनेटमा मोहम्मद कुडुसले गोल गर्दै वेस्टहामलाई २–२ गोलको बराबरीसहित हारबाट जोगाए ।

यो नतिजासँगै वेस्टहाम ८ खेलबाट १४ अंकका साथ तालिकाको सातौं स्थानमा छ भने न्युक्यासल समान खेलबाट १३ अंकका साथ आठौं स्थानमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

यू–१९ एसिया कपः नेपालले पाकिस्तानको सामना गर्दै

काठमाडौं । आज शुक्रबारदेखि संयुक्त अरब ईमिरेट्स (यूएई)मा यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । नेपालले आज पाकिस्तानको सामना

बुटवल र चितवनको बरबराबरी

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र चितवन एएफसीबीचको खेल बराबरीमा टुङ्गिएको

एनएसएलमा आज चितवन र बुटवल भिड्दै

काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र एफसी बुटवल–लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे

प्रिमियर लिगः म्याचेस्टर युनाइटेडद्वारा चेल्सी पराजित

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा चेल्सी म्याचेस्टर युनाइटेडसँग पराजित भएको छ । म्यानुले चेल्सीलाई २-१ गोलले पराजित गरेको हो

लिभरपुलको सहज जित

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले सेफिल्ड युनाइटेडविरुद्ध सहज जित निकालेको छ । लिभरपुलले सेफिल्डलाई २-० गोलले पराजित गरेको

प्रिमियर लिग: म्यानचेस्टर सिटीलाई नमिठो झट्का

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई एस्टन भिल्लाले १-० गोलले पराजित गरेको छ । एस्टन भिल्लाको घरेलु मैदानमा

Techie IT