Techie IT
२०८० मंसीर १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलग्रानडासँग बार्सिलोनाले अंक बाँड्यो

ग्रानडासँग बार्सिलोनाले अंक बाँड्यो


एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । गएराति भएको खेलमा बार्सिलोना ग्रानडासँग उसको घरेलु मैदानमा २–२ गोलमा रोकिएको हो ।

ब्रायन जारागोजा मार्टिनेजले खेलको सुरुवाती मिनेटमा नै गोल गर्दै घरेलु टोली ग्रानडालाई सुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा मार्टिनेजले नै गोल थप्दै ग्रानडालाई २–० गोलले अघि बढाए ।

यता, पहिलो हाफको इन्जुरी समयमा लामिने यामलले गोल गर्दै बार्सिलोनालाई १–२ को अग्रतामा झारे ।

ग्रानडाविरुद्धको गोलसँगै यामल ला लिगामा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । उनले १६ वर्ष ८७ दिनमा गोल गर्दै यो कीर्तिमान बनाएका हुन् ।

यसअघि ला लिगामा यो कीर्तिमान फाब्रिस ओलिंगाको नाममा थियो । उनले सन् २०१२ मा १६ वर्ष ९८ दिनमा मालगाबाट गोल गर्दै कीर्तिमान राखेका थिए ।

यस्तै, ८५ औं मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई २–२ को बराबरीमा ल्याउँदै हारबाट जोगाए ।

अपराजित रहेको बार्सिलोनाको यो समग्रमा तेस्रो बराबरी हो । बार्सिलोना ९ खेलबाट २१ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । ग्रानडा समान खेलबाट ६ अंकका साथ १९ औं स्थानमा छ । ग्रानडापछि एकमात्र टोली अल्मेरिया ३ अंकका साथ २० औं स्थानमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फेलिक्सको गोलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई हरायो

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–०

लिभरपुलले फुलहमलाई ४–३ गोलले हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले फुलहमलाई ४–३ गोलले

पाँचौं खेलमा अस्ट्रेलियालाई ६ रनले हराउँदै भारतले टी–२० सिरिज ४–१…

एजेन्सी । पाँचौं टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ । बैंगलोरमा भएको खेलमा भारतका अर्शदीप सिंहले अन्तिम

म्यान्चेस्टर सिटी र टोटेनहमले बराबरी खेले

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी र टोटेनहमले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुबै टिमले

नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनीको पहिलो जित

काठमाडौँ । एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौँ। राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन्। उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन्। उनले

Techie IT