Techie IT
२०८१ वैशाख २३, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलविश्वकप छनोटमा लाओसविरूद्ध खेल्ने नेपाली टिम घोषणा

विश्वकप छनोटमा लाओसविरूद्ध खेल्ने नेपाली टिम घोषणा


काठमाडौँ। लाओसविरुद्धको खेलको लागि नेपाली फुटबल टिमको घोषणा भएको छ। फिफा विश्वकप फुटबल छनोट खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले अन्तिम टोली घोषणा गरेका हुन्।

आज आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसेले यो खेल आफ्ना लागि पनि अवसर भएको बताए। उनले आफ्नो तर्फबाट जितको लागि शत प्रतिशत प्रयास गर्ने बताएका छन्।

त्यस्तै, राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले पनि नतिजा राम्रो आउने विश्वास व्यक्त गरे। उनले दशरथ रंगशालामा हुने खेललाई भव्य बनाउन दर्शकहरुसँग आग्रह पनि गरेकाछन्।

नेपालले बिहीबार साँझ ५ः३० बजे लाओससँग दशरथ रंगशालामा पहिलो चरणको पहिलो लेग खेल्नेछ। दोस्रो लेग आगामी साता लाओसमा हुनेछ। दुई लेगमा उत्कृष्ट रहने टिम दोस्रो चरणमा पुग्नेछ।

नेपाली टिम

  • गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
  • डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, अमृत श्रेष्ठ, एरिक विष्ट
  • मिडफिल्डरः सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, आशिष चौधरी
  • फरवार्डः अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट



ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

Techie IT