Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलक्रिकेट विश्वकपः दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच भिडन्त

क्रिकेट विश्वकपः दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच भिडन्त


एजेन्सी । विश्वकप २०२३ मा आज बिहीबार अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । यो खेल भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना स्टेडियम, लखनउमा दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ । टस आधा घण्टा अगाडि अर्थात् दिउँसो १ः४५ बजे हुनेछ ।

विश्वकपमा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा अस्ट्रेलिया भारतसँग ६ विकेटले पराजित भएको थियो । जहाँ दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनको ठूलो अन्तरले पराजित गरेको थियो । विश्वकपअघि अस्ट्रेलियाली टोलीले दक्षिण अफ्रिकासँग शृङ्खला हारेको थियो ।

हेड टु हेड
एकदिवसीय विश्वकपमा हालसम्म यी दुई टोलीबीच ६ खेल भएका छन् । अष्ट्रेलियाले तीन पटक र दक्षिण अफ्रिकाले दुई पटक खेल जितेका छन् । एक खेल बराबरी भएको थियो । समग्रमा हेड टु हेडको कुरा गर्ने हो भने दुई टोलीबीच हालसम्म जम्मा १०८ ओडीआई खेलिएको छ । अस्ट्रेलियाले ५० र दक्षिण अफ्रिकाले ५५ खेल जितेको छ । तीन खेलको बराबरी र एक खेल अनिर्णित रह्यो ।

दक्षिण अफ्रिकाले पछिल्ला ५ मध्ये अन्तिम चार खेल लगातार जितेको छ । एकमा हार बेहोरेको छ । यदि टोलीले आज जित्यो भने यो उसको लगातार पाँचौं जित हुनेछ । ब्याटिङको कुरा गर्ने हो भने २०२३ मा दक्षिण अफ्रिकाका लागि एडेन मार्कराम अहिलेसम्म सर्वाधिक रन स्कोरर ( १२ खेलमा ६८३ रन) बनेका छन् । बलिङमा मार्को जान्सन (१२ खेलमा १८ विकेट) टिममा शीर्ष स्थानमा छन् ।

अष्ट्रेलियाले पछिल्लो पाँच खेलमध्ये एउटा मात्र जितेको छ भने बाँकी खेलमा हार बेहोरेको छ । यो वर्ष अस्ट्रेलियाका लागि मार्नस लाबुसचेनले (१२ खेलमा ४९१ रन) सबैभन्दा धेरै रन बनाएका छन् । उनले शतक पनि बनाए । बलिङमा एडम जाम्पाले (१० खेलमा १५ विकेट) राम्रो बलिङ गरेका छन् ।

कस्तो छ पिच ?
एकना स्टेडियमको विकेटमा स्पिनरहरूले सहयोग पाइरहेका छन् । यहाँ अहिलेसम्म ४ ओडिआई खेलिएको छ । पहिले ब्याटिङ गर्ने टोलीले २ खेल जितेको छ भने पहिले बलिङ गर्ने टोलीले पनि २ खेल जितेको छ । पहिलो इनिङ्सको औसत कुल २२० रन रहेको छ । साँझपख यहाँ शीत पर्ने हुनाले बल समात्न समस्या हुने गरेको छ ।

मौसम कस्तो रहनेछ ?
आज लखनउमा पानी पर्ने सम्भावना छैन । त्यसकारण, तपाईले दुई शक्तिशाली टोलीहरू बीचको रोमाञ्चक खेलको आशा गर्न सक्नुहुन्छ । आर्द्रता लगभग ४३ प्रतिशत हुनेछ । यस अवधिमा हावाको गति १० किलोमिटर प्रतिघण्टा रहनेछ । यसको मतलब आर्द्रता बढी हुने र हावाको गति कम हुने भएकाले खेलाडीहरू पसिनाले भिजेका देखिनेछन् ।

दुबै टोलीको सम्भावित प्लेइङ–११
दक्षिण अफ्रिकाः टेम्बा बाभुमा (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), रस्सी भान डेर डुसेन, एडेन मार्कराम, हेनरिक क्लासेन, डेभिड मिलर, मार्को जेन्सेन, केशव महाराज, कागिसो रबाडा, जेराल्ट कोएत्जीरतबारेज शम्सी र लुंगी एनगिडी ।

अष्ट्रेलियाः प्याट कमिन्स (कप्तान), डेभिड वार्नर, मिचेल मार्स, स्टीभ स्मिथ, मार्नस लाबुसचेन, ग्लेन म्याक्सवेल, एलेक्स क्यारी (विकेटकिपर), क्यामरन ग्रीनरमार्कस स्टोइनिस, एडम जाम्पा, मिचेल स्टार्क र जोश हेजलवुड ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

Techie IT