Techie IT
२०८१ मंसीर २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलदक्षिण अफ्रिकाद्वारा अष्ट्रेलिया १३४ रनले पराजित

दक्षिण अफ्रिकाद्वारा अष्ट्रेलिया १३४ रनले पराजित


काठमाडौँ । विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको बिहिबार भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई एक सय ३४ रनले पराजित गरेको छ । भारतको लखनउमा भएको खेलमा तीन सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४० दशमलव पाँच ओभरमा एक सय ७७ रनमा समेटियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभर खेल्दै सात विकेटको क्षतिमा तीन सय ११ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डि ककले शतकीय पारी खेले । उनले एक सय छ बल खेल्दै आठ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक एक सय नौ रनको योगदान दिए । यस्तै एडेन माक्रमले ५६ रन बनाए । उनले ४४ बल खेल्दै सात चौका र एक छक्का हाने ।

यसैगरी कप्तान टेम्बा बभुमाले ५५ बल खेल्दै दुई चौकासहित ३५, रास्सी भान डर डुसेन ३० बलमा दुई चौकासहित २६, हेनरिक क्लासेन २७ बल खेल्दै तीन चौकासहित २९, मार्को यानसनले २२ बलमा तीन चौका र एक छक्कासहित २६ तथा डेविड मिलरले १३ बल खेल्दै एक चौका र एक छक्कासहित १७ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले दुई/दुई तथा एडम जाम्पा, जोश हेजलवुड र प्याट कमिन्सले एक/एक विकेट लिए ।

लक्ष्य पछ्याएको अष्ट्रेलियाको सुरुआत राम्रो भएन । उसका लागि ओपनर मिचेल मार्सले सात र डेभिड वार्नरले १३ रन मात्रै बनाउन सके । अष्ट्रेलियाका लागि सबैभन्दा बढी मार्नस लाबुसनले ४६ रन बनाए भने मिचल स्टार्कले २७, कप्तान प्याट कुमिन्सले २२ र स्टेभन स्मिथले १९ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि कासिगो रबडाले तीन विकेट लिए । साथै मार्को जानसन, केशव महाराजा, तबरेज शाम्सीले दुई/दुई विकेट लिए भने लुङ्गी निगिडीले एक विकेट लिए । जितसँगै दक्षिण अफ्रिका अङ्क तालिकामा पहिलो नम्बरमा पुगेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखरालाई ७ विकेटले पराजित गर्दै कर्णालीको तेस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णाली याक्सले तेस्रो जित हात पारेको

प्रतिनिधि सभासँग राष्ट्रिय सभा १३ गोलले पराजित

काठमाडौँ। संघीय संसद्को १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधि सभा विजयी भएको छ । भृकुटीमण्डपस्थित

एनपीएलमा लुम्बिनीको पहिलो जित, कप्तान रोहितको उत्कृष्ट प्रदर्शन

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आफ्नो पाँचौँ खेलमा लुम्बिनी लायन्सले पहिलो जीत निकालेको छ । आज बिहान भएको

यु–१९ एसिया कपका लागि टोली घोषणा

काठमाडौं । ए.सि.सी. महिला यु–१९ एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार ए.सि.सी.

एनपीएलमा जनकपुरको लगातार चौथो जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पुनः हार ब्यहोरेको छ । हर्ष थाकेरको उत्कृष्ट बलिङप्रेरित जनकपुर बोल्ट्सले लुम्बिनी

इलाम गोल्डकपको तयारी पूरा

इलाम । दश लाख पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा भएको छ । रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा शनिबार

Techie IT