Techie IT
२०८० मंसीर १३, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलविराट कोहलीले दिए बाबर आजमलाई विशेष उपहार

विराट कोहलीले दिए बाबर आजमलाई विशेष उपहार


एजेन्सी । भारतीय टिमका स्टार ब्याट्सम्यान विराट कोहली र पाकिस्तानी टिमका कप्तान बाबर आजमबीच सधैं तुलना हुने गरेको छ । पाकिस्तानी फ्यानहरूले बाबरको प्रशंसा गाउँछन् भने भारतीय फ्यानहरूले कोहलीलाई विश्वकै उत्कृष्ट ब्याट्सम्यान भन्छन् ।

विश्वकप २०२३ मा भारत–पाकिस्तानबीचको शनिबार सम्पन्न हाई भोल्टेज खेलमा भारतको ऐतिहासिक जितपछि विराट कोहली र बाबर आजमको एउटा भिडियो निकै ट्रेन्डिङ भइरहेको छ ।

भारतसँग ७ विकेटको हारपछि पाकिस्तानी टोलीका कप्तान बाबर आजमले मैदानको बीचमा विराट कोहलीसँग एउटा विशेष कुरा मागेका थिए, जुन दिन कोहलीले आफूलाई रोक्न सकेनन् र बाबरलाई आफ्नो हस्ताक्षर गरिएको जर्सी उपहार दिए ।

यसको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा कोहली बाबर आजमलाई आफ्नो जर्सी उपहार दिइरहेका छन् । कोहलीको उदारता देखेर फ्यानहरु निकै खुसी भएका छन् ।

भारत–पाकिस्तान खेलमा रोहित शर्माको नेतृत्वमा रहेको टीम इण्डियाले यो विश्वकपमा लगातार तेस्रो जित हात पारेको छ । जहाँ पाकिस्तानको विश्वकप २०२३ मा पहिलो हार थियो । विश्वकपमा भारतीय टोलीले कीर्तिमानी आठौं पटक पाकिस्तानलाई पराजित गरेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल सुपर लिग: काठमाडौँ र चितवनको खेल बराबरीमा सकियो

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो संस्करणअन्तर्गत साविक विजेता काठमाडौँ रेजर्स र चितवन एफसीबीचको खेल बराबरीमा सकिएको

कोशीलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा

पोखरा। कोशी प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

केपी ओली कपमा सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित

पोखरा। पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेटमा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएको छ। पोखरा रंगशालास्थित

मुम्बई इन्डियन्सले हार्दिक पाण्ड्यालाई फिर्ता ल्यायो

एजेन्सी । भारतीय अलराउन्डर हार्दिक पाण्ड्या गुजरात टाइटन्स छोडेर आफ्नो पुरानो टोली मुम्बई इन्डियन्समा फर्किएका छन् । यसअघि गुजरातले हार्दिकलाई

शुभमन गिललाई गुजरात टाइटन्सको कप्तानी

एजेन्सी । आईपीएल २०२४ को लिलामी अघि गुजरात टाइटन्समा ठूलो परिवर्तन देखिएको छ । गुजरात टाइटन्सले ओपनिङ ब्याट्सम्यान शुभमन गिललाई

एनएसएलमा आज चितवन र काठमाडौं भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज मंगलबार एक खेल हुँदैछ । आज हुने खेलमा एफसी चितवन र काठमाडौं

Techie IT