Techie IT
२०८१ साउन ९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलयुएईले नेपाललाई दियो १४१ रनको लक्ष्य

युएईले नेपाललाई दियो १४१ रनको लक्ष्य


काठमाडौँ। त्रिदेशीय टी– २० सिरिजअन्तर्गत शृङ्खलाको पहिलो खेलमा यूएईले नेपाललाई नेपाललाई १४१ रनको लक्ष्य दिएको छ।

मुलपानी मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन जोडेको हो।

युएईका लागि बासिल हमीदले अर्धशतक प्रहार गरे। उनले १ चौका र ४ छक्का प्रहार गरेर ५१ रन जोडे।

यस्तै, अली नासीरले ३२ रन जोडे। ५२–४ को अवस्थाबाट यी दुईले पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गरे। कप्तान मुहम्मद वसिमले १७ र आसिफ खानले १५ रन बनाए।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। उनले ४ ओभरमा १९ रन खर्चिए। यस्तै गुल्सन झाले २ विकेट लिए। उनले ३ ओभरमा ११ रन खर्चिए। अभिनास र सोमपाल कामीले १–१ विकेट लिन सफल भए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

काठमाडौँ । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ

महिला एशिया कप टि–२० क्रिकेटमा नेपाल र भारत भिड्दै

काठमाडौँ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल

दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक

काठमाडाैँ । ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् ।

महिला टी–२० एसिया कपमा आज नेपालले यूएईसँग खेल्दै

काठमाडौँ । महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । दम्बुलामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज

भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना

महिला फुटबल लिग भदौ १६ गतेबाट हुने

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आउदो भदौमा महिला लिग २०२४ आयोजना गर्ने भएको छ । एन्फाको हिजो बसेको

Techie IT