Techie IT
२०८० मंसीर १२, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलत्रिकोणात्मक श्रृंखलामा खेलमा नेपालले हङकङलाई हरायो

त्रिकोणात्मक श्रृंखलामा खेलमा नेपालले हङकङलाई हरायो


काठमाडौँ। नेपालमा जारी त्रिकोणात्मक श्रृंखलामा खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ। बुधबार यूएईलाई ७ विकेटले पराजित गरेको नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको हो।

बिहीबार मुलपानी मैदानमा भएको खेलमा हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर पार गरेको हो।

नेपालका ओपनर कुशल भुर्तेल ८ रनमा आउट हुँदा उनका ओपनिङ पार्टनर आसिफ शेखले ४२ रन जोडे। आसिफले ३४ बलमा ६ चौका प्रहार गरे। कुशल मल्ल १ रन र सन्दीप जोरा ३ रनमै आउट भए। दुवैलाई हङकङका इशान खानले आउट गरेका हुन्। खानले कुशल भुर्तेललाई पनि आउट गरेका थिए।

कप्तान रोहितकुमार पौडेलले नटआउट २५ रन र गुल्सन झाले नटआउट १४ रन बनाए।

बलिङतर्फ हङकङका इशान खानले ३ विकेट लिए।

त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ३ बल खेल्न बाँकी छदा ९४ रनमै अलआउट भयो। हङकङका लागि यासिम मुर्ताजाले सबैभन्दा बढी ३६ रन जोडे। जीशन अलीले १७ रन जोड्दा हङकङका अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा नेपालका करण केसीले ४ विकेट लिए।त्यस्तै सोमपाल कामी र अभिनास बोहराले २–२ विकेट लिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केपी ओली कपमा सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित

पोखरा। पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेटमा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएको छ। पोखरा रंगशालास्थित

मुम्बई इन्डियन्सले हार्दिक पाण्ड्यालाई फिर्ता ल्यायो

एजेन्सी । भारतीय अलराउन्डर हार्दिक पाण्ड्या गुजरात टाइटन्स छोडेर आफ्नो पुरानो टोली मुम्बई इन्डियन्समा फर्किएका छन् । यसअघि गुजरातले हार्दिकलाई

शुभमन गिललाई गुजरात टाइटन्सको कप्तानी

एजेन्सी । आईपीएल २०२४ को लिलामी अघि गुजरात टाइटन्समा ठूलो परिवर्तन देखिएको छ । गुजरात टाइटन्सले ओपनिङ ब्याट्सम्यान शुभमन गिललाई

एनएसएलमा आज चितवन र काठमाडौं भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज मंगलबार एक खेल हुँदैछ । आज हुने खेलमा एफसी चितवन र काठमाडौं

नेपाल सुपर लिग: इलामले झापालाई १–० गोलले हरायो

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा स्पोर्टिङ इलाम एफसीले पहिलो जित निकालेको छ । आज सोमबार त्रिपुरेश्वको दशरथ रङ्गशालामा

नेपाल सुपर लिगः झापा एफसी र स्पोर्टिङ इलाम एफसीले प्रतिस्पर्धा…

काठमाडौँ । काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत आज झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

Techie IT