Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलविश्वकपमा भारतको लगातार चौंथो जित

विश्वकपमा भारतको लगातार चौंथो जित


एजेन्सी । भारतले विश्वकप २०२३ मा लगातार चौथो जित हात पारेको छ । बिहीबार भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो । विराट कोहली (१०३ अविजित रन)ले आफ्नो ४८ औं ओडीआई शतक बनाए ।

उनले सबैभन्दा छिटो २६ हजार अन्तर्राष्ट्रिय रन पनि पूरा गरेका छन् । विराटले ५६७ इनिङ्समा यो उपलब्धि हासिल गरेका हुन् । कोहलीअघि सचिन तेन्दुलकरले ६०० इनिङ्समा २६ हजार रन बनाएका थिए ।

पुणेको एमसीए मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५६ रन बनाएको थियो । २५७ रनको लक्ष्य भारतीय ब्याट्सम्यानले ४१.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

कोहलीका अलावा शुभमन गिल (५३ रन)ले १०औं अर्धशतक बनाए भने कप्तान रोहित शर्माले ४८ रनको योगदान दिए ।

२५७ रनको लक्ष्य पछ्याउने क्रममा रोहित शर्मा र शुभमन गिलले ८८ रनको ओपनिङ साझेदारी गरे । रोहितले अर्धशतक गुमाए । उनले ४८ रन बनाए । हसनको बलमा पुल शट प्रहार गर्ने प्रयास गर्दा रोहितलाई बाउन्ड्रीमा हार्डोयले क्याच आउट पारे ।

शुभमन गिलले विश्वकपमा आफ्नो पहिलो अर्धशतक प्रहार गरेका थिए । उनी ५३ रन बनाएर मेहन्दी हसन मिराजको बलमा क्याच आउट भए ।

पुणेस्थित एमसीए मैदानमा बंगलादेशले टस जितेर ब्याटिङ रोजेको थियो । बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५६ रन बनाएको थियो । ओपनर तान्जिद हसन तमिम र लिटन दासबीच ९३ रनको साझेदारी भयो । तान्जिदले विश्वकपमा आफ्नो पहिलो अर्धशतक बनाएका थिए । उनी ५१ रन बनाएर आउट भए ।

लिटन दासले आफ्नो १२ औं ओडीआई अर्धशतक प्रहार गरे, उनी ६६ रन बनाएर आउट भए । शान्तो (८ रन), मिराज (३ रन) र तौहीद हृदयोय (१६ रन) सुरुमै आउट भए । मुस्फिकुर रहिम (३८ रन) र महमुदुल्लाह (४६ रन)बीच ४२ रनको साझेदारी भयो । मुस्फिकुरलाई बुमराहले आउट गरेका थिए । ब्याकवर्ड पोइन्टमा डाइभ गर्दै जडेजाले क्याच लिए । त्यसपछि महमुदुल्लाहले नसुम अहमदसँग ३२ रनको साझेदारी गरे ।

खेलका क्रममा हार्दिक पाण्ड्या घाइते भएका थिए । उनको स्थानमा विराट कोहली बलिङ गर्न आएका थिए । उनले ३ बलमा २ रन दिए । कोहलीले ६ वर्षपछि ओडीआईमा बलिङ गरेका छन् । उनले अन्तिम पटक सन् २०१७ मा श्रीलंकाविरुद्धको एकदिवसीयमा बलिङ गरेका थिए ।

बंगलादेशलाई ७ विकेटले हराएपनि भारत अंक तालिकाको दोस्रो स्थानमा छ । उता बंगलादेश सातौं नम्बरमा छ । भारतीय टोलीको ४ खेलपछि ८ अंक छ भने बंगलादेशले २ अंक मात्र जोड्न सकेको छ । न्युजिल्यान्डको नेट रन रेट भारतभन्दा राम्रो भएकाले न्युजिल्यान्ड ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप

काठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं

Techie IT