Techie IT
२०८० मंसीर २२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपालले सिंगापुरलाई ८ विकेटले हरायो

नेपालले सिंगापुरलाई ८ विकेटले हरायो


काठमाडौँ। टी–२० विश्वकप फाइनल एसियामा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले सिंगापुरलाई हराउँदै सुखद सुरुवात गरेको हो।

सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टाएको हो।

नेपालको लागि कुशल भुर्तेलले अर्धशतक बनाए। ओपनर भुर्तेलले ७४ रन जोडे। उनले ४८ बलको सामना गर्दा ८ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले २७ रन बनाए। उनले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे।

त्यस्तै, कप्तान रोहित पौडेलले २४ बलमा नटआउट ३५ रन जोडे भने १ बल सामना गरेका कुशल मल्लले छक्का प्रहार गरेर नेपालको जित निश्चित गरेका हुन्।

टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन जोड्यो। सिंगापुरको लागि सर्वाधिक रोहन रंगराजनले १ छक्का र ८ चौकाको मदतमा ४६ रन जोडे। त्यस्तै आर्यभिर चौधरीले ३७ रन, मनप्रित सिंहले २४ रन, अक्षय पुरीले १३ रन जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन्।

सिंगापुरविरुद्ध नेपालका अभिनास बोहोराले ३ विकेट लिए। त्यस्तै, करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले सामान २–२ विकेट लिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

यू–१९ एसिया कपः नेपालले पाकिस्तानको सामना गर्दै

काठमाडौं । आज शुक्रबारदेखि संयुक्त अरब ईमिरेट्स (यूएई)मा यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । नेपालले आज पाकिस्तानको सामना

बुटवल र चितवनको बरबराबरी

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र चितवन एएफसीबीचको खेल बराबरीमा टुङ्गिएको

एनएसएलमा आज चितवन र बुटवल भिड्दै

काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र एफसी बुटवल–लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे

प्रिमियर लिगः म्याचेस्टर युनाइटेडद्वारा चेल्सी पराजित

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा चेल्सी म्याचेस्टर युनाइटेडसँग पराजित भएको छ । म्यानुले चेल्सीलाई २-१ गोलले पराजित गरेको हो

लिभरपुलको सहज जित

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले सेफिल्ड युनाइटेडविरुद्ध सहज जित निकालेको छ । लिभरपुलले सेफिल्डलाई २-० गोलले पराजित गरेको

प्रिमियर लिग: म्यानचेस्टर सिटीलाई नमिठो झट्का

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई एस्टन भिल्लाले १-० गोलले पराजित गरेको छ । एस्टन भिल्लाको घरेलु मैदानमा

Techie IT