Techie IT
२०८१ वैशाख १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलसाउदी अरेबियाले २०३४ को फिफा विश्वकप आयोजना गर्ने पक्का

साउदी अरेबियाले २०३४ को फिफा विश्वकप आयोजना गर्ने पक्का


एजेन्सी । साउदी अरेबियाले सन् २०३४ को पुरुष विश्वकप फुटबल प्रतियोगिता गर्ने पक्का भएको छ । अस्ट्रेलियाले प्रतियोगिता आयोजना गर्न प्रस्ताव नगर्ने निर्णय गरेपछि साउदी अरेबियाले २०३४ को पुरुष विश्वकप फुटबल आयोजना गर्ने पक्का भएको बीबीसीले जनाएको छ ।

आयोजकको दाबी पेस गर्ने समय चार घण्टाभन्दा कम रहेको अवस्थामा फुटबल अस्ट्रेलियाले प्रतियोगिता आयोजना गर्ने प्रस्ताव नगर्ने निर्णय गरेको हो । यसर्थ सन् २०३४ को विश्वकप आयोजकको दाबी गर्ने साउदी अरेबिया मात्रै एक्लो देश बनेको छ ।

सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुनेछ । मोरक्को, पोर्चुगल र स्पेनले सन् २०३० को विश्वकपको आयोजना गर्नेछन् जसमा केही खेल अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुनेछ ।

फिफाले सन् २०३४ को विश्वकप एसिया वा ओसिनियामा हुने बताएको थियो र अस्ट्रेलियाको बोलीलाई साउदी अरेबियाको एक मात्र सम्भावित चुनौतीको रूपमा मानिएको थियो । तर उसले आयोजनाको प्रस्ताव नै नगरेपछि साउदीमै विश्वकप हुने पक्का भएको हो ।

यद्यपि, महिला अधिकार हनन, समलैङ्गिकताको अपराधीकरण, अभिव्यक्ति स्वतन्त्रताको प्रतिबन्ध लगायतका कारण अमेरिका र युरोपेली देशले साउदी अरेबियालाई आयोजनाको अधिकार दिने निर्णय सोचनीय रहेको बताइसकेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १० रनले पराजित गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे १६१ रनकाे लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य…

काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

Techie IT