Techie IT
२०८१ वैशाख २६, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेल१० वर्षपछि नेपालले टी २० विश्वकप खेल्ने पक्का

१० वर्षपछि नेपालले टी २० विश्वकप खेल्ने पक्का


काठमाडौँ। नेपालले सन् २०२४ मा हुने टि२० विश्वकपमा स्थान पक्का गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको आइसिसी टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई पराजित गर्दै नेपालले विश्वकपमा स्थान पक्का गरेको हो।

नेपालले युएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा स्थान बनाएको हो। नेपालले युएईले दिएको १३५ रनको लक्ष्य १७.१ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो।

युएईविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक बनाए। नटआउट रहँदै उनले ५० बलमा ६३ रन बनाए। उनले ४ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, नटआउट रहँदै कप्तान रोहित पौडेलले ३५ रन बनाए। गुल्सन झा २२ रन तथा ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट भए।

बलिङतर्फ युएईका निलान्स केश्वानी र बासिल हमेदले समान १–१ विकेट लिए।

युएईका लागि भृत्य अरविन्दले सर्वाधिक ६४ रनको योगदान दिए। ५१ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे। यस्तै, मुहम्मद वासिमले १६ बलमा २६ रन, अलिशान सराफुले १४ बलमा १६, आसिफ खानले १४ बलमा १३ रन जोडे।

बलिङतर्फ नेपालका लागि कुशल मल्लले तीन तथा सन्दीप लामिछानेले दुई विकेट लिए भने अविनाश बोहरा, सोमपाल कामी, रोहित पौडेलले एक–एक विकेट लिए।

आजै त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमानले पनि विश्वकपमा स्थान बनाएको छ।

नेपालले यसअघि सन् २०१४ मा टी २० विश्वकप खेलेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्वकप खेल्ने नेपाली क्रिकेट टिम अमेरिका पुग्यो

काठमाडौँ । आइसीसी टि२० विश्वकप २०२४ खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

Techie IT