Techie IT
२०८२ असार २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलकुशल भुर्तेल उत्कृष्ट ब्याटर, ओमानका इल्यास उत्कृष्ट खेलाडी

कुशल भुर्तेल उत्कृष्ट ब्याटर, ओमानका इल्यास उत्कृष्ट खेलाडी


काठमाडौँ। नेपाली क्रिकेट टिमका ओपनर ब्याटर कुशल भुर्तेल आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उत्कृष्ट ब्याटर चुनिएका छन्। प्रतियोगितामा १८५ रन बनाएका भुर्तेल उत्कृष्ट ब्याटर घोषित भएका हुन्।

यस्तै, प्रतियोगिताको उत्कृष्ट बलर ओमानका बिलाल खान चुनिए। ओमानलाई छनोटको उपाधि दिलाउने क्रममा बिलालले ११ विकेट लिएका थिए।

ओमानकै अलराउन्डर अकिब इल्यास प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए। इल्यासले बलिङतर्फ १० विकेट लिँदा १०६ रन जोडे।

आइतबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाललाई सुपर ओभरमा ११ रनले हराउँदै ओमानले प्रतियोगिताको उपाधि जितेको थियो।

विजेता ओमान र उपविजेता नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा छनोट भएका छन्।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…

काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)

आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्

काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ

नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफल

काठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार राति

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

Techie IT