Techie IT
२०८१ वैशाख २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलम्याक्सवेलको दोहोरो शतकमा अफगानिस्तानलाई हराउँदै अस्ट्रेलिया विश्वकपको सेमिफाइनलमा

म्याक्सवेलको दोहोरो शतकमा अफगानिस्तानलाई हराउँदै अस्ट्रेलिया विश्वकपको सेमिफाइनलमा


एजेन्सी । भारतमा जारी एकदिवसीय विश्वकप अन्तर्गत अफगानिस्तान र अष्ट्रेलियाबीच मंगलबार वानखेडेमा भएको खेलमा क्रिकेट फ्यानहरूले क्रिकेटरको अदभुत खेल देखेका छन् । ग्लेन म्याक्सवेलको अविजित २०१ रनको इनिङ ।

घाइते भए, दुई पटक फिजियोमा आए, रन बनाउन गाह्रो भयो तर म्याक्सवेल न रोकिए न थाके । टोलीले आठौं विकेटका लागि २०२ रनको साझेदारी गर्दै २९२ रनको लक्ष्य पुरा गर्यो ।

म्याक्सवेलको यो साहसी खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको छ । टोलीले ९१ रनमा ७ विकेट गुमाएको थियो । यहाँबाट म्याक्सवेलले कमिन्ससँग आठौं विकेटका लागि अविजित २०१ रनको कीर्तिमानी साझेदारी गर्दै सबैभन्दा ठूलो रन पछ्याएका थिए ।

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानको टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९१ रन बनाएको थियो । ओपनर इब्राहिम जाद्रानले अविजित १२९ रनको इनिङ्स खेले । अस्ट्रेलियाले ४६.५ ओभरमा ७ विकेट गुमाएर २९२ रनको लक्ष्य पुरा गर्यो । टोलीको तर्फबाट ग्लेन म्याक्सवेलले दोहोरो शतक प्रहार गरे ।

योसँगै अफगानिस्तानलाई हराएर अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ भने अफगानिस्तानको छनोट हुने आशा निकै कम बनेको छ । अष्ट्रेलियाले ८ खेलमा ६ जितमा १२ अंक जोडेको छ भने टोली अंक तालिकाको तेस्रो स्थानमा छ । जबकि अफगानिस्तानको ८ खेलमा ४ जितबाट ८ अंक छ र छैटौं स्थानमा रहेको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि इङ्ग्ल्यान्ड जाँदै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का

Techie IT