Techie IT
२०८२ वैशाख १९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलबाबर आजमको स्थानमा यी खेलाडीले पाए पाकिस्तानी टोलीको कप्तानी

बाबर आजमको स्थानमा यी खेलाडीले पाए पाकिस्तानी टोलीको कप्तानी


एजेन्सी । पाकिस्तान क्रिकेटमा यतिबेला हलचल मच्चिएको छ । एकदिवसीय विश्वकप २०२३ मा खराब प्रदर्शन गरेपछि पाकिस्तानी टोलीको चर्को आलोचना भइरहेको छ ।

यो टोली यसपटक पनि सेमिफाइनलमा पुग्न सकेन ।

यसपछि टोलीका कप्तान बाबर आजमको चर्को आलोचना भएको थियो र पीसीबीले उनलाई एकदिवसीय र टी–२० को कप्तानबाट हटाउने र टेस्ट टोलीको कप्तान कायम गरेको खबर आएको थियो ।

तर यसैबीच बाबर आजमले तीनै फर्म्याटको कप्तानीबाट राजीनामा दिएका छन् ।

पीसीबीले ट्विट गर्दै शाहीन शाह अफ्रिदीलाई टी–२० को नयाँ कप्तान बनाएको जानकारी दिएको छ ।

टेस्ट टोलीको कप्तानी शान मसूदलाई दिइएको छ । तर, पीसीबीले एकदिवसीय टोलीको कप्तानको घोषणा गरेको छैन ।

पीसीबीले कोचिङ स्टाफलाई लिएर पनि ठूलो निर्णय गरेको छ । विश्वकपमा रहेका कोचिङ स्टाफ अब एनसीएमा जाने र अब नयाँ कोचिङ स्टाफ भर्ना गरिने मिडिया रिपोर्टमा उल्लेख छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT