Techie IT
२०८२ वैशाख २०, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलभारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि, हेडको शतक

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि, हेडको शतक


काठमाडौँ । अष्ट्रेलियाले छैटौं पटक एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको छ ।

आइतबार आयोजक भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया छैटौं पटक च्याम्पियन बनेको हो । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा १ लाख ३३ हजार बढी दर्शकसामु अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै ट्रफि उचाल्यो ।

भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । अष्ट्रेलियाको जितमा ट्रेभिस हेड नायक बने । उनले शतकीय पारी खेले ।

१२० बलमा १३७ रन जोडेका हेडले १५ चौका र ४ छक्का प्रहार गरे । यस्तै, मार्नस लाबुश्चेन ११० बलमा ५८ रनसहित अविजित रहे । मिचेल मार्शले १५ बलमा १५ रन जोड्दा ग्लेन म्याक्सवेल २ रनमा अविजित रहे ।

बलिङतर्फ भारतका लागि जसप्रित बुमराहले २ तथा मोहम्मद सिराज र मोहम्मद शामीले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४० रन बनाएको छ । उसका लागि विकेटकिपर केएल राहुलले एक सय सात बलमा ६६ रन बनाए ।

साथै विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन बनाए । साथै सूर्यकुमार यादवले १८, कुलदीप यादवले १०, रविन्द्र जडेजा र मोहम्मद सिराजले नौ/नौ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन् ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने जोस हेजलउड र प्याट कुमिन्सले दुई/दुई विकेट लिए । साथै ग्लेन म्याक्सवेल र अदाम जाम्पाले एक/एक विकेट लिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT