Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलएनएसएलमा काठमाडौँ रेजर्सको विजयी सुरुवात

एनएसएलमा काठमाडौँ रेजर्सको विजयी सुरुवात


काठमाडौँ । आजदेखि काठमाडौँमा सुरु भएको नेपाल सुपर लिग (एनएसएल)को पहिलो खेलमा साविक विजेता काठमाडौं रेजर्स विजयी भएको छ ।

काठमाडौँले स्पोर्टिङ इलामलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद् सुरुवात गरेको हो ।

दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भएको एक मात्र गोल निर्णायक गोल काठमाडौँका राजीव लोप्चनले गरे । खेलको ५१ औँ मिनेटमा उनले कप्तान हिसुब थपलियाको पासमा गोल गरे ।

पहिलो संस्करणमा सात फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गरेका थिए । दोस्रो संस्करणमा तीन नयाँ टोली थपिएको थियो । तर, पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसीले भने दोस्रो संस्करण नखेल्ने भएकाले ९ टोलीले यसपटकको एनएसएलमा प्रतिस्पर्धा गर्नेछन् ।

इलाम स्पोर्टिङ, झापा एफसी र वीरगञ्ज युनाइटेडले पहिलो पटक फ्रेन्चाइज लिग खेल्दैछन् । गत संस्करणको टोली काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटलव लुम्बिनी एफसी र धनगढी एफसीले दोस्रो संस्करणमा पनि प्रतिस्पर्धा गर्दैछन् ।

उपाधि विजेताका लागि अहिलेसम्म पुरस्कार तय भएको छैन । तर, आयोजकले ७० लाख रुपैयाँ नगद पुरस्कार या त्यो भन्दा पनि बढी हुन सक्ने जनाएको छ । कुल ४० वटा खेल दशरथ रंगशालामा नै आयोजना हुनेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसिया कप खेलेर फर्कियो महिला टीम

काठमाडौँ । श्रीलंकामा महिला एसिया कप टी–२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपालले तीन खेल

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

काठमाडौँ । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ

महिला एशिया कप टि–२० क्रिकेटमा नेपाल र भारत भिड्दै

काठमाडौँ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल

दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक

काठमाडाैँ । ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् ।

महिला टी–२० एसिया कपमा आज नेपालले यूएईसँग खेल्दै

काठमाडौँ । महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । दम्बुलामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज

भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना

Techie IT