गृहपृष्ठ ∕
खेल ∕
केपी ओली कपमा लुम्बिनीसँग गण्डकी ५ रनले पराजित, एपीएफ सेमिफाइनलमा केपी ओली कपमा लुम्बिनीसँग गण्डकी ५ रनले पराजित, एपीएफ सेमिफाइनलमा
काठमाडौँ। केपी ओली कप टी– २० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा गण्डकी प्रदेश लुम्बिनी प्रदेशसँग ५ रनले पराजित भएको छ।
पोखरामा भएको खेलमा लुम्बिनीले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकी १८ ओभर ५ बलमा ९८ रनमा अल आउट भयो। हारसँगै गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ। उसको हारको कारण एपीएफ भने सेमिफाइनलमा पुगेको छ।
गण्डकीका लागि सुदीप अर्यालले २४ बलमा ३५ रन बनाए। कप्तान बिपिन खत्रीले १९ रन, दीनेश बुढामगरले १३ र कमल परियारले ११ रन जोडे।
बलिङतर्फ लुम्बिनीका मुहम्मद हुसेनले ४ र अजय लुनियाले ३ विकेट लिए। रमेश कुल्मीले २ र अविषेक गौतमले १ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो। लुम्बिनीका लागि ध्रुव सुनार र नार सार्कीले २३९२३ रन बनाए। विराट भण्डारीले १६ र मिर्नल गुरुङले ११ रनको योगदान दिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न
काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार
काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ
काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे