गृहपृष्ठ ∕ खेल ∕ नेपाल सुपर लिगमा आज विरगञ्ज युनाइटेड एफसी र एफसी चितवन भिड्दैनेपाल सुपर लिगमा आज विरगञ्ज युनाइटेड एफसी र एफसी चितवन भिड्दै नेपालीपत्र शुक्रबार, २०८० मंसीर १५ गते, १०:५० मा प्रकाशित खेल काठमाडौँ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा आज विरगञ्ज युनाइटेड एफसी र एफसी चितवनबीच खेल हुँदैछ । दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।दुवै टिम पहिलो जितको खोजीमा मैदान उत्रिँदैछन् । विरगञ्ज यसअघि पहिलो खेलमा धनगढी एफसीसँग २–१ ले पराजित भएको थियो ।चितवनको भने जारी प्रतियोगितामा यो तेस्रो खेल हो । चितवनले पहिलो खेलमा पोखरा थन्डर्ससँग १–० को हार बेहोरेको थियो भने दोस्रो खेलमा काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।दुई खेलबाट एक अंक जोडेको चितवन तालिकाको छैटौं स्थानमा छ । अंकविहीन वीरगञ्ज भने तालिकाको पुछारमा छ । लगातार दोस्रो जित निकालेको धनगढी एफसी ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ । #एनएसएलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुनेकाठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाल सेमिफाइनलमा प्रवेशकाठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छधेरै पढिएका खबर १ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा ४ विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’ ५ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ६ चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त ७ चीनमा नेपाली संस्कृति प्रदर्शनThe Film Nepal