Techie IT
२०८२ असार २५, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलम्यान्चेस्टर सिटी र टोटेनहमले बराबरी खेले

म्यान्चेस्टर सिटी र टोटेनहमले बराबरी खेले


एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी र टोटेनहमले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुबै टिमले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । सिटीको घरेलु मैदान इतिहाडमा खेलमा सुरुवाती अग्रता भने टोटेनहमले लिएको थियो ।

खेलको छैटौं मिनेटमा नै सन हेउंग मिनले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, नवौं मिनेटमा सनले नै आत्मघाती गोल गरेपछि सिटी खेलको १–१ बराबरीमा आयो ।

सिटीका युलियन अल्भारेजले फ्रिकिकबाट प्रहार गरेको बलमा क्लियर गर्न खोज्दा सनले आत्मघाती गोल गर्न पुगे । उनको थाइमा लागेर गोल भएको थियो । ३१ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–१ गोलले अघि बढाए । उनले अल्भारेजको पासमा गोल गरे ।

६९ औं मिनेटमा जिओभानी लो सेल्सोले गोल गर्दै टोटेनहमलाई २–२ गोलको बराबरीमा ल्याए । उनले सनको पासमा डि–बक्स बाहिरबाट लेफ्ट कर्नरमा सुन्दर गोल गरे । यता, ८१ औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै सिटीलाई ३–२ गोलको स्थितीमा ल्याए । उनलाई एर्लिङ हालाण्डले पास उपलब्ध गराएका थिए ।

यता, ९० औं मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गर्दै टोटेनहमलाई ३–३ गोलको बराबरीमा ल्याउँदै हारबाट जोगाए । जोनसनले क्रस गरेको बलमा उनले हेडरमार्फत गोल गरे ।

यो नतिजासँगै सिटी १४ खेलबाट ३० अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । सिटीको यो लगातार तेस्रो बराबरी हो । टोटेनहम समान खेलबाट २७ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । आर्सनल ३३ अंकका साथ शीर्षस्थानमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…

काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)

आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्

काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ

नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफल

काठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार राति

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

Techie IT