Techie IT
२०८१ मंसीर २६, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलएनएसएलमा आज चितवन र बुटवल भिड्दै

एनएसएलमा आज चितवन र बुटवल भिड्दै


काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र एफसी बुटवल–लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ।

जारी संस्करणमा चितवनले ३ खेलबाट ४ अंक जोडेको छ। चितवनले पहिलो खेलमा पोखरा थन्डर्ससँग १–० गोलले हार ब्यहोरेको थियो। दोस्रो खेलमा काठमाडौँ रेजर्ससँग १–१ गोलको बराबरी खेलेको चितवनले तेस्रो खेलमा बिरगञ्ज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै एनएसएलमा पहिलो जित दर्ता गरेको थियो। चितवन अंक तालिकाको पाँचौं स्थानमा छ।

समान खेल खेलेको बुटवलको ३ अंक रहेको छ। पहिलो खेलमा ललितपुर सिटी एफसीसँग २–० गोलले तथा दोस्रो खेलमा धनगढी एफसीसँग १–० गोलले हार ब्यहोरेको बुटवलले तेस्रो खेलमा भने स्पोर्टिङ इलामलाई २–१ गोलले हराएको थियो। बुटवल अंक तालिकाको छैटौं स्थानमा छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनपीएलमा काठमाडौँ गुर्खाजको दोस्रो जित, लुम्बिनीको प्लेअफ सम्भावना सकियो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । बुधबार भएको खेलमा काठमाडौँले लुम्बिनीलाई १८

जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट रंगशालामा भएको खेलमा

पोखरालाई ७ विकेटले पराजित गर्दै कर्णालीको तेस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णाली याक्सले तेस्रो जित हात पारेको

प्रतिनिधि सभासँग राष्ट्रिय सभा १३ गोलले पराजित

काठमाडौँ। संघीय संसद्को १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधि सभा विजयी भएको छ । भृकुटीमण्डपस्थित

एनपीएलमा लुम्बिनीको पहिलो जित, कप्तान रोहितको उत्कृष्ट प्रदर्शन

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आफ्नो पाँचौँ खेलमा लुम्बिनी लायन्सले पहिलो जीत निकालेको छ । आज बिहान भएको

यु–१९ एसिया कपका लागि टोली घोषणा

काठमाडौं । ए.सि.सी. महिला यु–१९ एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार ए.सि.सी.

Techie IT