गृहपृष्ठ ∕ खेल ∕ एफए कपः युनाइटेडलाई हराउँदै सिटी च्याम्पियनएफए कपः युनाइटेडलाई हराउँदै सिटी च्याम्पियन नेपालीपत्र शनिबार, २०८० जेठ २० गते, २१:५३ मा प्रकाशित खेल लण्डन । एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । भर्खरै सम्पन्न खेलमा सिटीले शहरी प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई २–१ गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।लण्डनको वेम्बले मैदानमा भएको फाइनलमा सिटीलाई उपाधि दिलाउन इल्काए गुन्डोवानले दुबै गोल गरे भने युनाइटेडका ब्रुनो फनान्डेजले एक गोल फर्काए । खेलको पहिलो मिनेटमा नै गुन्डोवानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।३३ औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई १–१ को बराबरीमा ल्याए । डी–बक्सभित्र सिटीका ज्याक ग्रिलिसको ह्याण्ड बल भएपछि युनाइटेडले पेनाल्टीका पाएको थियो । खेलको ५१ औं मिनेटमा गुन्डोवानले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे ।त्यसपछि खेलमा थप गोल हुन सकेन र सिटी च्याम्पियन बन्यो । जारी सिजनको प्रिमियर लिग उपाधि समेत जितेको सिटी च्याम्पियन्स लिगको फाइनल खेल्न बाँकी छ । च्याम्पियन्स लिग पनि जितेमा सिटीले ‘ट्रेबल’ उठाउनेछ । #एफए कपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्डसर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाईफाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समितिधेरै पढिएका खबर १ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै २ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ३ बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै ४ पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै ५ मकवानपुरमा चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द ६ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन ७ अबको राजनीतिक मुद्दा भ्रष्टाचार अन्त्यका लागि हो: अध्यक्ष दाहालThe Film Nepal