गृहपृष्ठ ∕ खेल ∕ ललितपुर सिटीका सहायक प्रशिक्षक सिलाकारलाई एनएसएलले लगायो प्रतिबन्धललितपुर सिटीका सहायक प्रशिक्षक सिलाकारलाई एनएसएलले लगायो प्रतिबन्ध नेपालीपत्र बिहीबार, २०८० पुस ५ गते, १३:५८ मा प्रकाशित खेल काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)को आयोजकले ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक रविन्द्र सिलाकारमाथि प्रतिबन्ध लगाएको छ । आयोजकले एक विज्ञप्तीमार्फत उनीमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।गत मंगलबार भएको खेलमा सिलाकारले खेल सञ्चालन गरेका रेफ्री सुरोजित दासमाथि दुर्व्यवहार गरेको एनएसएलको ठहर छ । स्पोर्टिङ इलामसँगको खेलपछि रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै अनुशासन समितिको सिफारिसमा सिलाकारलाई तत्काल लागु हुने गरी एनएसएलको यो सिजनमा कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको एनएसएल आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ । त्यस्तै, सिलाकारमाथि २० हजार रुपैयाँ जरिवाना पनि गरिएको छ । उनिमाथि गरिएको जरिवाना रकम क्लबले नभई व्यक्ति स्वयंले तिर्नुपर्नेछ ।त्यस्तै, इलामका गोलकिपर विकेश कुथुमाथि व्यक्तिगत १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय पनि गरेको छ । कुथुले वीरगञ्ज युनाइटेडसँगको खेलमा रेफ्रीमाथि दुर्व्यवहार गरेका थिए । #ललितपुर सिटीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ महालक्ष्मी विकास बैंकले महालक्ष्मी मन्दिरको स्वस्तिक बगैंचाको मर्मत गरिदिने २ महिला प्रिमियर कपको क्वाटरफाइनलमा आज नेपालले कुवेतको सामना गर्दै ३ जनता समाजवादी पार्टी फुट्यो ४ ‘केशरी’काे टिजर सार्वजनिक ५ आईसीसी लिग २: नेपाल र स्कटल्यान्ड भिड्दै ६ माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै, आज अध्यक्ष प्रचण्डले जवाफ दिने ७ एमाले बागमतीमा नयाँ नेतृत्व चुन्न साँझ ६ बजेदेखि मतदानThe Film Nepal