Techie IT
२०८१ वैशाख २६, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलएनएसएलमा पोखरासँग धनगढीको बराबरी

एनएसएलमा पोखरासँग धनगढीको बराबरी


काठमाडौँ । पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को क्वालिफायरमा पुगेको छ ।

शुक्रवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा पोखराले धनगढी एफसीसँग १–१ गोलको बराबरी खेल्यो । धनगढीका मिलन राईले खेलको ४२ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर धनगढीले अग्रता जोगाउन सकेन । खेलको इन्ज्युरी समयमा पोखराका मोसेस ग्याबाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

यो बराबरीसँगै पोखराले ८ खेलमा १५ अङ्क जोडेको छ । धनगढी ८ खेलमा १३ अङ्कसहित दोस्रो स्थानमा छ । धनगढीले उपविजेता बन्दै क्वालिफायर खेल्ने सम्भावना छ तर उसले अरू खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

ललितपुर सिटी एफसी, झापा एफसी, काठमाण्डौ रेजर्स एफसी र वीरगञ्ज युनाइटेड एफसी मध्येका २ वटा टोली प्लेअफको दौडमा छन् ।

एनएसएलमा तालिकाको शीर्ष २ वटा टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने छन् । क्वालिफायरमा हार्ने टोलीले तालिकाको तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने मौका पाउने छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्वकप खेल्ने नेपाली क्रिकेट टिम अमेरिका पुग्यो

काठमाडौँ । आइसीसी टि२० विश्वकप २०२४ खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

Techie IT