Techie IT
२०८० फागुन २२, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलबागमतीविरुद्ध आर्मी ९७ रनमा अलआउट

बागमतीविरुद्ध आर्मी ९७ रनमा अलआउट


काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब बागमती प्रदेशविरुद्धको खेलमा ९७ रनमा अल आउट भएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७ ओभर १ बलमा ९७ रनमै सीमित भएको हो । आर्मीलाई सस्तोमा आउट गर्न बागमतीका सूर्य तामाङले सर्वाधिक ५ विकेट लिए ।

९ ओभर बलिङ गरेका सूर्यले २ मेडनसहित २६ रन खर्चेर ५ विकेट लिए । सूर्यले यसअघि मंगलबार भएको खेलमा मधेस प्रदेशविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका थिए । बागमतीका रिजन ढकाल र प्रतिश जिसीले २–२ र कृजन गुरुङले १ विकेट लिए ।

आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए । भिम सार्कीले १८ र विवेक यादवले नटआउट ११ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्नेछन् । खेल आज बिहान साढे ११ बजे

टिम ११ द्वारा राष्ट्रिय क्रिकेट टिम सम्मानित

काठमाडौँ । नेपालको पहिलो फेन्टासी एप टिम ११ ले राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ । आइतबार हायात प्यालेसमा आयोजित

नेदरल्यान्ड्स त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा, उपाधिको लागि नेपालसँग प्रतिस्पर्धा…

काठमाडौँ । नामिबियासँग अङ्क बाँड्दै नेदरल्यान्ड्स त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । आइतबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको

हङकङमा हुने त्रिकोणात्मक टी-२० आई सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने टी– २० त्रिकोणात्मक सिरिज खेल्ने टिमको घोषणा गरेको छ । क्यानले

फ्रेन्च लिगमा सावित्राको डेब्यु गोल

काठमाडौँ । नेपाली राष्ट्रि फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले फ्रेन्च महिला लिगमा डेब्यु गोल गरेकी छन् । शनिबार इए

मछिन्द्रलाई केपी ओली कपको उपाधि

काठमाडौँ । मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक केपी ओली कपको उपाधि जितेको छ । दोस्रो संस्करणको फाइनल खेलमा न्यूरोड

Techie IT