Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलप्रधानमन्त्री कप क्रिकेटमा कोशीमाथि बागमतीको सहज जित

प्रधानमन्त्री कप क्रिकेटमा कोशीमाथि बागमतीको सहज जित


काठमाडौँ । ओपनर आशुतोष घिरैयाको सतकप्रेरित बागमती प्रदेशले जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार कोशी प्रदेशमाथि जित निकाल्यो ।

बागमतीले कोसीमाथि ६४ रनको जित निकाल्दै जारी प्रतियोगितामा तेस्रो सफलता प्राप्त गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बागमती दिएको दुई सय ७४ रनको लक्ष्य पछ्याएको कोशी ४७.१ ओभरमा दुई सय ९ रनमा अलआउटभयो । कप्तान अंकित सुवेदी र सुजन थपलियाले अर्धशतक बनाए पनि जित निकाल्न सकेनन् । अंकितले ५३ रन र सुजनले ५९ रनको योगदान दिए । अंकितले ६५ बलमा चार चौका र दुई छक्का प्रहार गरे । सुजनले ७६ बलमा चार चौका र तीन छक्का हिर्काए ।

आइस भट्टराई ३२ रनमा अविजित रहँदा ओपनर सोनु अन्सारीले २१ रन जोडे । त्यसबाहेक अन्य ब्याटर लामो समय क्रिजमा रहन सकेनन् । वागमतीको बलिङमा ईसान पाण्डले पाँच विकेट लिँदै कोशीको इनिङ धराशायी बनाए । सूर्य तामाङले दुई तथा रिजन ढकाल र प्रतिक श्रेष्ठले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४८.३ ओभरमा २७३ रनको योगफल बनाएको थियो । बागमतीका ओपनर आशुतोषले एक सय १८ रनको शतकीय योगदान गरे । १११ बलमा उनले १६ चौका र दुई छक्का प्रहार गरे ।

कप्तान रित गौतमले ४९ रन, रविन जोशीले ४३ रन र प्रतीक श्रेष्ठले १९ रन बनाए । दोस्रो विकेटका लागि आसुतोष र रितले एक सय ३१ रनको साझेदारी गरे । रितले ६० बलमा तीन चौका तथा रविनले ४५ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कोशीको बलिङमा अभ्यास तिमिल्सिनाले तीन विकेट तथा हेमन्त राई र कमल खत्रीले समान दुई तथा फ्रिर्दोश अन्सारीले एक विकेट लिए । यो हारसँगै कोसीले जारी प्रतियोगितामा पाँच खेलको नतिजा सुम्पिन पुग्यो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुने

काठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

Techie IT