Techie IT
२०८० फागुन १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलआहा रारा गोल्डकपको फाइनलमा पुग्न चर्च ब्वाइज र आर्मी भिड्दै

आहा रारा गोल्डकपको फाइनलमा पुग्न चर्च ब्वाइज र आर्मी भिड्दै


पोखरा । जारी आहा रारा ! पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । यी दुई टोलीबीच आज पोखरा रङ्गशालामा प्रतिस्पर्धा हुन लागेको हो ।

आजको खेलको विजेता टोलीले माघ २० गते प्रतियोगिताको उपाधिका लागि थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

आर्मीले प्रतियोगिताको प्रिक्वाटरफाइनलको खेलमा राइजिङस्टर एफसी र क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन सङ्कटा क्लबलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

चर्च ब्वाइजले क्वाटरफाइनलमा सिधै स्थान पाएको थियो । क्वाटरफाइनलको खेलमा चर्च ब्वाइजले नेपाल पुलिसलाई हराएर सेमिफाइनल पुगेको टोली हो ।

फाइनल प्रवेश गरेको थ्रीस्टार क्लबले जावलाखेल युथ क्लबलाई १–० गोलले पराजित गरेको थियो । फाइनल खेल माघ २० गते हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल नामिबियासँग फेरि पराजित

काठमाडौँ । आइसीसी विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा

नामिबियाविरुद्व आसिफ शेखको अर्धशतक

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत जारी नामिबियाविरुद्वको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्। आसिफले अहिले ५९ बलमा

विश्वकप क्रिकेट लिग–२ को तेस्रो खेलमा आज नेपाल र नामिबिया…

काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग–२ को तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा

वाफ महिला च्याम्पियनसिपमा नेपालले सिरियालाई हरायो

काठमाडौँ । वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले सिरियालाई हराएको छ । साउदी अरेबियाको राजधानी रियादमा रहेको

क्यानडामाथि नेपाल ए को रोमाञ्चक जित

काठमाडौँ। नेपाल ए ले क्यानडा– ११ लाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ए

नेपाल ‘ए’ ले आज क्यानडा-११ सँग दोस्रो खेल खेल्दै

काठमाडौँ । नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा– ११ बीच हुने तीन खेलको सिरिजको दोस्रो खेल आज हुदै छ ।

Techie IT