गृहपृष्ठ ∕ खेल ∕ आर्मी क्लब आहा रारा गोल्डकपको फाइनलमा, उपाधिको लागि थ्री स्टारसँग प्रतिस्पर्धा गर्नेआर्मी क्लब आहा रारा गोल्डकपको फाइनलमा, उपाधिको लागि थ्री स्टारसँग प्रतिस्पर्धा गर्ने नेपालीपत्र बिहीबार, २०८० माघ १८ गते, १७:१३ मा प्रकाशित खेल काठमाडौँ । विभागीय टिम त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार पोखरा रंगशालामा भएको खेलमा आर्मीले चर्च बोइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।त्रिभुवन आर्मी क्लबको लागि खेलको ६१ औं मिनेटमा दिनेश हेम्जनले गोल गरेर अग्रता दिएका थिए । तर, ८५ औं मिनेटमा चर्च बोइजको लागि समिर तामाङले गोल गर्दै खेल बराबरीमा ल्याए ।नियमित समयमा खेल बराबरीमा सकिएसँगै अतिरिक्त समयमा खेल धकेलिएको थियो । आर्मीको लागि ९९ औं मिनेटमा राश बहादुर मगरले गोल गरेका थिए ।आजको खेलमा जित निकालेसँगै आर्मीले फाइनलमा थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । थ्री स्टार जावलाखेल युथ क्लबलाई १–० गोलले पराजित गर्दै फाइनलमा पुगेको थियो ।फाइनल खेल माघ २० गते हुनेछ । #चर्च बोइज युनाइटेड #त्रिभुवन आर्मी क्लबग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ महालक्ष्मी विकास बैंकले महालक्ष्मी मन्दिरको स्वस्तिक बगैंचाको मर्मत गरिदिने २ महिला प्रिमियर कपको क्वाटरफाइनलमा आज नेपालले कुवेतको सामना गर्दै ३ जनता समाजवादी पार्टी फुट्यो ४ ‘केशरी’काे टिजर सार्वजनिक ५ आईसीसी लिग २: नेपाल र स्कटल्यान्ड भिड्दै ६ एमाले बागमतीमा नयाँ नेतृत्व चुन्न साँझ ६ बजेदेखि मतदान ७ संवैधानिक परिषद्को बैठक बस्दैThe Film Nepal