फ्रेन्च लिग वानमा ‘साम्बा’को डेब्यु
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबलकी स्टार खेलाडी सावित्रा भण्डारी “साम्बा” ले विश्वकै लोकप्रिय महिला लिगको रुपमा रहेको फ्रेन्च लिग वानमा डेब्यु गरेकी छन् ।
उनले शुक्रबार मात्र लिग वानको क्लब एन अभान्ट ग्वेंगाम्पबाट खेलको ७५ औँ मिनेटमा डेब्यु गरेकी हुन् । लिगको १० औँ स्थानमा रहेको एन अभान्ट ग्वेंगाम्पले साम्बा डेब्यु गरेको खेलमा भने विपक्षि बोर्डेसँग बराबरी खेल्यो ।
ग्वेंगाम्पले पहिलो हाफको ८ औँ मिनेटमा १–० को अग्रता लिएको थियो । ग्वेंगाम्पको तर्फबाट एस्टारोभाले गोल गर्दै टिमलाई अग्रता दिएकी थिईन् तर विपक्षी बोर्डेको तर्फबाट लौराले ३६ औँ मिनेटमा गोल गरेपछि खेल १–१ को बराबरीमा सकियो ।
खेलमा ९ अंकसहित साम्बाको टिम ग्वेंगाम्प १० औँ स्थानमा रहेको छ । भने ४२ अंक सहित लियोन पहिलो स्थानमा छ । पेरिस सेन्ट जर्मेन ३२ अंक सहित दोश्रो स्थानमा रहँदा पेरिस फुटबल क्लब २५ अंक सहित तेश्रो स्थानमा छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न
काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार
काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ
काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे