Techie IT
२०८१ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य


काठमाडौँ । ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रनको योगफल खडा गर्‍यो ।

नेपालबाट ओपनर भुर्तेलले ५८ बलमा नौ चौका र एक छक्कासहित ६२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो सातौँ अर्धशतक हो ।

आरिफ सेखले ५० बलमा चार चौकासहित ३८ रन थपे । सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७ र पवन सर्राफले १५ रन थपे ।

यसबाहेक, ओपनर आसिफ सेख र कप्तान रोहितकुमार पौडेलले समान आठ रन बनाए । ‘डेब्युट्यान्ट’ रिजन ढकाल चार रनमा पभेलियन फर्किदा सूर्य तामाङले १० रन थपे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्यु

काठमाडौँ । पाँचौं मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । ४५ वर्षीय राईलाई

एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा…

काठमाडाैँ । एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका

विश्वकप लिग–२: आज नेपाल र ओमान खेल्दै

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत बुधबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । क्यानडाको किंग्स मैदानमा नेपालले आफूभन्दा

‘एभरेष्ट वुमन भलिबल लिग’ को ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्न

काठमाडौँ । नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)’ को ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी टुर’ आज

क्यानडासँगको खेलमा नेपाल एक सय तीन रनले पराजित

काठमाडाैँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा नेपाल पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा गएराति

आइसीसी क्रिकेट विश्वकप लिग-२: नेपालले आज क्यानडाविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलो

Techie IT