Techie IT
२०८० फागुन १३, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलमाल्दिभ्सविरुद्ध नेपाल २१४ रनले विजयी, रुविनाको कीर्तिमानी शतक

माल्दिभ्सविरुद्ध नेपाल २१४ रनले विजयी, रुविनाको कीर्तिमानी शतक


काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध २१४ रनको फराकिलो जित निकालेको छ । रुविना क्षेत्रीको ऐतिहासिक शतकप्रेरित खेलमा नेपालले शानदार जित निकालेको हो ।

मंगलबार मलेसियाको बांगीमा पूर्वकप्तान समेत रहेकी रुविनाले शतक बनाएपछि नेपालले २२७ रनको योगफल तयार गरेको थियो । नेपाली महिला टिमबाट कुनै पनि ब्याटरले शतक बनाएको यो पहिलो पटक हो ।

दोस्रो इनिङमा नेपालले प्रस्तुत गरेको २२८ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले १३.५ ओभरमा सबै विकेट गुमाएर १३ रनमात्र बनाउन सक्यो । माल्दिभ्सलाई सस्तैमा समेट्न नेपालका अस्मिना कर्माचार्यले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी अस्मिनाले सात रनमात्र खर्चिइन् ।

अलराउन्डर प्रदर्शन गरेकी रुविनाले ३.५ ओभर बलिङ गर्दा दुई रन खर्चिएर तीन विकेट लिइन् । तीन ओभर बलिङ गरेकी पुजा महतोले पनि दुई रन खर्चिएर तीन विकेट लिइन् । माल्दिभ्सका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२७ रनको योगफल खडा गरेको थियो ।

नेपाली महिला टिमले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो ।

नेपालले कीर्तिमानी ब्याटिङमा रुविनाले पनि कीर्तिमानी प्रदर्शन गरिन् । माल्दिभ्सविरुद्ध ११८ रनको अविजित इनिङ खेलेकी रुविना नेपाली महिला टिमबाट अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो ब्याटर बनिन् । रुविना माल्दिभ्सविरुद्ध ५९ बलमा ११८ रनमा अविजित रहिन् । रुविनाले यसअघि सीता रानामगरको नाममा रहेको ८२ रनको कीर्तिमान तोडेकी हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दियो

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ । नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ

नेदरल्यान्ड्स नामिबियासँग २४ रनले पराजित

काठमाडौँ । नामिबियाले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेल अन्तर्गत नामिबियाले नेदरल्याण्डसलाई २४

बुवा बने फुटबल टोलीका कप्तान किरण चेम्जोङ

काठमाडौँ । राष्ट्रिय फुटबल टीमका कप्तान किरण चेम्जोङ बुवा बनेका छन् । सामाजिक सञ्जालमा पत्नी कञ्चन निरौला र छोरासँगको तस्विर

क्रिकेट विश्वकप लिग २ नामिबिया विरुद्ध पहिले बलिङ गर्दै नेदरल्याण्ड्स

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा भइरहेको खेलमा नेदरल्याण्ड्सविरुद्ध नामिबियाले खराब सुरुवात गरेको छ ।

नेपाल ‘ए’ ४ विकेटले पराजित, क्यानडाले जित्यो सिरिज

काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाल ‘ए’लाई ४ विकेटले हराएको छ । यो जितसँगै क्यनाडाले तीन म्याचको

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकूद सप्ताह सम्पन्न भएको छ । चार दशकअघि स्थापना भएको केईएचएसले बिभिन्न खेलकूद

Techie IT