Techie IT
२०८३ असोज ४, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलब्रिटिस एजुकेशन ग्रुप फुट्सलको तिनै विधाको उपाधि वेस्टमिन्स्टर कलेजलाई

ब्रिटिस एजुकेशन ग्रुप फुट्सलको तिनै विधाको उपाधि वेस्टमिन्स्टर कलेजलाई


काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप फुट्सल टुर्नामेन्टको उपाधि द वेस्टमिन्स्टर कलेजले जितेको छ । ललितपुरमा भएको प्रतियोगिताको तीन वटै विधाको उपाधि वेस्टमिन्स्टर कलेजले जितेको हो ।

प्रतियोगितामा ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज, द वेस्टमिन्स्टर कलेज, ब्रिटिस मोडल कलेज तथा ब्रिटिस प्रोफेशनल कलेजका पुरुष विद्यार्थी, महिला विद्यार्थी र महिला तथा पुरुष स्टाफसहित १२ टिमको सहभागिता रहेको थियो । सबै विधामा वेस्टमिन्स्टर कलेजले उपाधि जितेको हो ।

सिंगल राउण्ड रोविन संरचनाको खेलपछि शीर्ष दुई स्थानमा रहेका टोलीहरुले उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए । जसअन्तर्गत वेस्टरमिन्स्टरको पुरुष विद्यार्थी टिमले ब्रिटिस प्रोफेशनल कलेजलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो । त्यस्तै, वेस्टमिन्स्टरको महिला टिमले ब्रिटिस मोडलको टिमलाई पनि पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको हो । स्टाफतर्फको फाइनलमा वेस्टमिन्स्टरको स्टाफले ब्रिटिस कलेजको स्टाफलाई १–० गोलले पराजित गरेर उपाधि जितेको हो ।

 

जितसँगै वेस्टमिन्स्टरको तीन वटै टिमले ट्रफी, मेडल तथा नगद पुरस्कार प्राप्त गरेको छ । उपाधि विजेताहरुलाई सबै कलेजका प्रतिनिधिहरुको उपस्थितिमा पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रमपछि प्रतिक्रिया दिँदै ब्रिटिस एजुकेशन ग्रुपका हेड अफ स्कुल्स अरुणकुमार कँडेलले भने, ‘साउण्ड हेल्थ तथा साउण्ड माइन्डको आवश्यकताको अनुभूति गरेर यस प्रतियोगिताको आयोजना भएको हो । त्यस्तै, यस प्रतियोगिताले बिभिन्न स्थानमा रहेका ब्रिटिस एजुकेशन ग्रुपका विद्यार्थी तथा कर्मचारीहरुलाई एकै स्थानमा भेला हुने मौका समेत जुराएको छ । म प्रतियोगताको सबै विजयी टिम तथा सहभागीहरुलाई बधाई तथा ज्ञापन गर्न चाहान्छु ।’

त्यस्तै, तीन वटै उपाधि जितेको वेस्टमिन्स्टर कलेजका प्रमुख अरुणलाल जोशीले खुसी व्यक्त गर्दै भने, ‘ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको सबैभन्दा कान्छो संस्थाको रुपमा वेस्टमिन्स्टरका टिमहरुले उल्लेखनीय जित निकालेकोमा हामी निकै खुसी छौं । यो हाम्रो टिमका सदस्यहरु तथा स्वंसेवकहरुको समपर्ण र कडा परिश्रमको प्रमाण हो, र म उहाँहरुलाई हार्दिक बधाई दिन चाहान्छु ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

Techie IT