Techie IT
२०८२ भदौ ४, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलआगामी पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा एनआरएनएका खेलाडीले भाग लिन्छन्ः अध्यक्ष बद्री केसी

आगामी पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा एनआरएनएका खेलाडीले भाग लिन्छन्ः अध्यक्ष बद्री केसी


काठमाडौँ । गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले आगामी वर्षदेखी पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा एनआरएनएले पनि भाग लिने बताएका छन् ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार सम्पन्न १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा अध्यक्ष केसीले अबका म्याराथनमा एनआरएनए खेलाडीले भाग लिने बताएका हुन् । उक्त समारोहलाई सम्बोधन गर्दै उनले पोखरा म्याराथनमा ८७ देशमा बस्ने नेपालीहरुले समेत अपनत्व लिएको भन्दै खुशी व्यक्त गरे ।

सो प्रतियोगितमा संघले ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको थियो । संघले आगामी तीन वर्षसम्म लगातार सो प्रतियोगितामा प्रायोजकको रुपमा सहयोग समेत गर्ने भएको छ ।

प्रतियोगितामा ४२.१९५ किलोमिटर म्याराथनमा ३१ विदेशीसहित कुल १ सय ८ धावकले प्रतिस्पर्धा गरेका थिए । पोखरा म्याराथनको १८ औं संस्करणका पहिलोदेखि तेस्रो स्थानसम्म केन्याली खेलाडीहरु भएका छन् ।

जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरेका थिए ।

केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेण्डको समयमा पुरा गरे । केन्याका इडविन किप्लागटले थप ४० सेकेण्ड समय लगाउँदा तेस्रो बन्न सफल भए ।

नेपालका किरण सिंह बोगटीले २ घण्टा २४ मिनेट ०२ सेकेण्डमा म्याराथन पूरा गरेर चौथो स्थान प्राप्त गरे ।

बिहीबार पोखरेली मञ्च युकेले तमु धिं यूके, बगर भाई खलक यूकेबाट संकलित १९ लाख २४ हजार २ सय ४० रुपैयाँ पोखरा म्याराथनका लागि सहयोग गरेको थियो ।

संस्थाका अध्यक्ष करम गुरुङले भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई रकम हस्तान्तरण गरेका हुन् । बगर भाइ खलक यूकेका अध्यक्ष तथा संघका आइसीसी सदस्य दिलरास गुरुङले आफ्नो तर्फबाट नगद ५० हजार हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पोखरेली मञ्च अस्ट्रेलियाका संयोजक चन्द्रप्रकाश गुरुङले गैरआवासीय नेपाली संघ अस्ट्रेलियाबाट प्राप्त १ लाख र आफ्नोतर्फबाट संकलित १ लाख ३६ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरे ।

म्याराथनमा १३ राष्ट्रका ५० विदेशी खेलाडी भाग लिएका थिए । म्याराथनमा सहभागी हुन् संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसी सहित संघकी उपाध्यक्ष रोजिना प्रधान राई, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना, युरोपका क्षेत्रीय उसंयोजक महेश अधिकारी, आइसीसी सदस्य विक्रम कार्की (कतार), पूर्वआईसीसी सदस्यद्धय अर्कराज तिमल्सिना, कृष्ण ढकाल र संघका निवर्तमान प्रवक्ता शिव बरुवाल पोखरा पुगेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप

काठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं

नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…

काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)

Techie IT