Techie IT
२०८२ असोज २३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थटिम ११ द्वारा राष्ट्रिय क्रिकेट टिम सम्मानित

टिम ११ द्वारा राष्ट्रिय क्रिकेट टिम सम्मानित


काठमाडौँ । नेपालको पहिलो फेन्टासी एप टिम ११ ले राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ । आइतबार हायात प्यालेसमा आयोजित एक कार्यक्रममा एसियन गेम्स २०२३ मा भएको नेपाल र भारत बीचको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू र राष्ट्रिय टोलीको कोच मोन्टी देशाइलाई सम्मान गरिएकोहो ।

टिम ११ ले उक्त खेलमा चौका प्रहार गर्ने खेलाडीलाई प्रति चौका १० हजार रुपैयाँ, छक्का प्रहार गर्ने खेलाडीलाई प्रति छक्का २० हजार रुपैयाँ र विकेट लिने खेलाडीलाई प्रति विकेट २० हजार रुपैयाँ दिने घोषणा गरेको थियो ।

सोही घोषणा अनुरूप दीपेन्द्र सिंह ऐरीले २ विकेट र ४ छक्का प्रहार गरेबापत १ लाख २० हजार रुपैयाँ, सन्दीप जोराले एक चौका र ३ छक्का प्रहार गरेबापत ७० हजार रुपैयाँ, कुशल भुर्तेलले ४ चौका र एक छक्का प्रहार गरेबापत ६० हजार, कुशल मल्लले २ चौका र २ छक्का प्रहार गरेबापत ६० हजार, करन के.सीले एक चौका र २ छक्का प्रहार गरेबापत ५० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

त्यसैगरी आशिफ शेखले एक चौका र एक छक्का प्रहार गरेबापत ३० हजार, सोमपाल कामीले एक विकेट र एक छक्का प्रहार गरेबापत ४० हजार र गुल्सन झाले एक चौका प्रहार गरेबापत १० हजार पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा नगद पुरस्कारका साथमा सर्टिफिकेट तथा मायाको चिनो समेत प्रदान गरिएको थियो । राष्ट्रिय टोलीको कोच मोन्टी देशाइलाई समेत कार्यक्रममा मायाको चिनोले सम्मान गरिएको थियो ।

नेपालको पहिलो सिपमा आधारित फेन्टासी एप टिम ११ ले नेपालको राष्ट्रिय तथा घरेलु प्रतियोगीताहरुलाई समर्थन तथा सम्मान गदै आएको छ ।

यसअघि पनि नेपालका विभिन्न घरेलु फुटबल तथा क्रिकेट प्रतियोगिताहरूमा खेलाडीहरूको मनोबल उच्च पार्न पुरस्कार प्रदान गरेको थियो ।

नेपाली क्रिकेट टिमले अहिले प्राप्त सफलतालाई कायम राखी आगामी दिनहरूमा थप सफलता प्राप्त गरी नेपाली खेल प्रेमी दर्शकहरूलाई गौरवान्वित बनाउने अपेक्षा रहेको टिम ११ ले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै

रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

Techie IT