Techie IT
२०८१ वैशाख १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपालले विश्वकप छनोटको होम म्याच पनि बहराइनमै खेल्ने

नेपालले विश्वकप छनोटको होम म्याच पनि बहराइनमै खेल्ने


काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत बहराइनविरुद्धको होम म्याच पनि बहराइनमै खेल्ने भएको छ ।

छनोटको दोस्रो चरणअन्तर्गत आगामी चैत ८ गते नेपालले घरेलु मैदानमा बहराइनसँग खेल्ने तालिका थियो । यस्तै चैत १३ गते बहराइनमा अवे म्याच खेल्ने तालिका छ ।

तर, नेपालको दशरथ रंगशालमा विश्वकप छनोटको खेल खेलाउन लायक नभएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।

अब नेपाल र बहराइनबीच चैत ८ गते हुने खेल बहराइनमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार खेल बहराइनमै गर्ने तय भएको हो । यसको आधिकारिक घोषणा हुन भने हुन बाँकी छ ।

छनोटको दोस्रो चरणमा नेपाल समूह एचमा छ । नेपालले यसअघि यूएईसँग उसैको मैदानमा र यमनसँग घरेलु मैदानमा खेलेको थियो ।

अब नेपालले बहराइनसँगको दुवै खेल उसैको मैदानमा खेल्नेछ । त्यसपछि भूएईसँगको होम म्याच र यमनसँगको अवे म्याच आगामी जुनमा हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १० रनले पराजित गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे १६१ रनकाे लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य…

काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

Techie IT