Techie IT
२०८१ वैशाख १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेललिजेन्ड कप टी– १० क्रिकेट प्रतियोगिताको उपाधि २०१४ विश्वकप लिजेन्ड्सले जित्यो

लिजेन्ड कप टी– १० क्रिकेट प्रतियोगिताको उपाधि २०१४ विश्वकप लिजेन्ड्सले जित्यो


काठमाडौँ । नवनिर्मित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटनका अवसरमा आयोजित तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप टी– १० क्रिकेट प्रतियोगिताको उपाधि २०१४ विश्वकप लिजेन्ड्सले जितेको छ ।

फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले हराउँदै २०१४ टोलीले उपाधि जितेको हो । २०१४ टोलीले दिएको १०२ रनको विशाल लक्ष्य पछ्याएको रेस्ट अफ नेपालले १० ओभरमा ९ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो ।

रेस्ट अफ नेपालका लागि लाक्पा लामा १० बलमा २० रन बनाएर नट आउट रहे । यस्तै युनिल श्रेष्ठले १२ बलमा १८ रन बनाए । ओपनर सिता राना मगरले १४ बलमा १२ रन जोडिन् । २०१४ टोलीका लागि म्यान अफ द म्याच साम्सन जंग थापाले ४ विकेट लिए भने शक्ति गौचन र बद्री पंगेनीले समान २–२ विकेट लिए ।

दिपेन लाम्गादेले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको २०१४ विश्वकप लिजेन्ड्सले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर १०१ रनको विशाल योगफल खडा गर्यो । २०१४ टोलीका लागि कप्तान पारस खड्काले विष्फोटक ब्याटिङ गर्दै १२ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ३९ रन बनाए ।

यस्तै ओपनर वीरेन्द्र शाहले १८ बलमा २९ रन बनाए । प्रफुल्ल वैद्यले १३ तथा दिपेन लाम्गादेले ९ रन जोडे । रेस्ट अफ नेपालका लागि लाक्पा लामाले ४ विकेट लिए । उनले अन्तिम ओभरमा ४ विकेट लिएका थिए । यस्तै राजकुमार प्रधान र दीपेन्द्र चौधरीले समान १–१ विकेट लिए । रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्स र २०१४ टोलीले १९९६ लिजेन्ड्सलाई हराउँदै फाइनल प्रवेश गरेका थिए ।

प्रतियोगितामा नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दाको सहभागी खेलाडीको टोली लिजेन्ड्स ९६, विश्वकप २०१४ मा सहभागी टोली, रेस्ट अफ नेपाल तथा रुपन्देही लिजेन्ड्स टोलीले भाग लिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १० रनले पराजित गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे १६१ रनकाे लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य…

काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

Techie IT