Techie IT
२०८० जेठ २४, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलबागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि

बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि


मकवानपुर । मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री सालिकराम जम्कट्टेलले उद्घाटन गर्नेछन् ।

परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार प्रतियोगिताको उद्घाटन हेटौँडा उपमहानगरपालिका –५ पिप्ले क्याम्पा रङ्गशालामा गर्ने तय भएको छ । प्रतियोगितामा सहभागी हुन खेलाडी, प्रशिक्षक, निर्णायक, खेल पदाधिकारीलगायत हेटौँडा आइसकेका छन् । प्रतियोगितामा १३ खेल समावेश गरिएका छन् । उसु, जुडो र पौडी खेल काठमाडौँ तथा ललितपुरमा खेलाइने छन् ।

यस्तै क्रिकेट चितवनमा खेलाइने सदस्य सचिव भण्डारीले बताए । फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, रग्बी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दो हेटौँडाका विभिन्न खेल मैदानमा खेलाइने छन् । प्रतियोगितामा एक हजार ७५ महिला र एक हजार चार सय २७ पुरुष खेलाडी सहभागी हुँदैछन् । यस्तै एक सय ७३ प्रशिक्षक, एक ४२ व्यवस्थापक, दुई सय ७६ निर्णायकलगायत प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बेन्जेमा साउदी प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित

एजेन्सी । फ्रान्सेली फरवार्ड करिम बेन्जेमा साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । ३५ वर्षीय बेन्जेमाले

चर्च ब्वाईज पहिलो सिजनमै बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियन

काठमाडौँ। चर्च ब्वाईज युनाइटेडले पहिलो सिजनमै शहिद सम्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ। मंगलबार दशरथ रंगशालामा भएको २५ औं

टोटनहमकाे मुख्य प्रशिक्षकमा एंगी पोस्तेकगलु नियुक्त

एजेन्सी । टोटनहमले मुख्य प्रशिक्षकमा एंगी पोस्तेकगलुलाई नियुक्त गरेको छ । प्रशिक्षक एन्टोनियो कोन्टेले छोडेपछि क्लब नयाँ प्रशिक्षकको खोजीमा रहेको

लेस्टर सिटीका सात जना खेलाडीहरुले क्लब छोडे

एजेन्सी । हालै रेलिगेट भएको लेस्टर सिटीका सात जना खेलाडीहरुले क्लब छोडेका छन् । योरी टेलिस्म्यान, सोयुसु, ड्यानियल अमार्ते, मेण्डी,

‘ए’ डिभिजन लिगमा आज चार खेल, चर्च ब्वाइजलाई च्याम्पियन बन्ने…

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदैछन् । दोस्रो लेगको १२ औं चरण

म्याक एलिस्टर लिभरपुलमा अनुबन्ध हुने पक्का

एजेन्सी । ब्राइटनका स्टार खेलाडी म्याक एलिस्टरलाई लिभरपुलले अनुबन्ध गर्ने पक्का भएको छ । उनलाई लिभरपुलले ६० मिलियन पाउण्डमा अनुबन्ध

Techie IT